नुर अहमदको शानदार बलिङ, कोलकाताद्वारा १ सय ८० रनको लक्ष्य प्रस्तुत
कोलकाता । प्लेअफमा पुग्ने आशा जीवित राख्न जितको खोजीमा रहेको साबिक विजेता कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्ससामु जितका लागि १ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को ५७ औँ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको हो । टोलीका लागि कप्तान अजिंक्या रहानेले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ३३ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे ।
आन्द्रे रसलले फेरि एकपटक विस्फोटक इनिङ्स खेल्दै २१ बलमा ३८ रन जोडे । उनले ४ चौका र ३ छक्का हिर्काए । मनिष पाण्डे पनि ३६ रनको महत्त्वपूर्ण योगादन दिए । उनले २८ बलमा १ चौका र १ छक्का प्रहार गरे । ओपनर सुनिल नरेनले १७ बलमा २६ रन तथा रहमानुल्लाह गुरबाजले ९ बलमा ११ रन बनाए । रिंकु सिंह मात्र ९ रन बनाएर पभेलियन फर्किए ।
चेन्नईका लागि नुर अहमदले शानदार बलिङ गरे । उनले ४ ओभरमा ३१रन खर्चेर ४ विकेट लिए । रवीन्द्र जडेजा र अंशुल कम्बोजले १–१ विकेट हात पारे । यो सिजन कोलकाता र चेन्नई दोस्रो पटक आपसमा भिडिरहेका छन् । पहिलो भिडन्तमा कोलकाताले चेन्नईलाई आठ विकेटले हराएको थियो । त्यो खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो ।
साबिक विजेता कोलकाता नाइट राइडर्सको प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवितै छ । कोलकाताले हालसम्म ११ खेल खेलेको छ । त्यसमध्ये कोलकाताले पाँच खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । कोलकाताको एक खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको छ ।
कोलकाता ११ अंकसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न कोलकाताले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । अब एक खेलमा पनि पराजित भए कोलकाताको अगाडि बढ्ने सपना चकनाचुर हुनेछ ।
चेन्नई सुपर किङ्स भने जारी सिजनको आईपीएलको उपाधि होडबाट बाहिरिइसकेको छ । त्यसले अब चेन्नईको जित वा हारले अंक अब प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत अन्य टोलीको समीकरणलाई असर पार्ने सम्भावना मात्र देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण