शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल

बुधबार, २४ वैशाख २०८२, २१ : ५४
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । नेपालको नागरिक समाजले भारत पाकिस्तानलाई संयमता अपनाउन आग्रह गरेको छ । 

काश्मीरको पहलगाममा सर्वसाधारणमाथि भएको आतंकवादी आक्रमणपछि रातारात भारत र पाकिस्तानबिच बढेको तनावप्रति समाजले चिन्ता व्यक्त गरेको हो ।

भारतीय सेनाले सीमापार आक्रमण गरे पाकिस्तानबाट प्रतिक्रिया आउन हुँदा दुई आणविक हतियारधारी शक्ति राष्ट्रहरूको अवस्था नियन्त्रणबाहिर जान सक्ने पनि समाजले चिन्ता व्यक्त गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै समाजले नयाँ दिल्ली र इस्लामाबादका सरकारहरूलाई एकअर्कासँग प्रत्यक्ष वा मध्यस्थकर्तामार्फत वार्ता गर्न जोडदार माग गरेको छ । 
साथै दुवै देशका अधिकारीहरूलाई यस्तो समयमा मिडिया र सामाजिक सञ्जालद्वारा प्रचारित युद्ध  आह्वानबारे प्रतिरोध गर्न पनि समाजले आग्रह गरेको छ । 

तनाव बढाउन दुवै पक्षले धार्मिक अभिव्यक्तिको प्रयोग गरिएकोमा पनि समाजले त्यसप्रति निन्दा गरेको छ । यसले एकै साथ साम्प्रदायिक तनाव बढाएको र सबै देशहरूमा धार्मिक अल्पसंख्यकहरूको जोखिम बढाएको भन्दै विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ । 

दक्षिण एसिया यी बलिया दुई देशको आमनेसामनेले व्यापक द्वन्द्व बढाउने र सम्पूर्ण क्षेत्रको अर्थतन्त्रलाई असर गरी गरिबीलाई बढावा दिने भन्दै रोक्न अपिल गरिएको छ । 

कश्मीरको पहलगाममामा आक्रमण भएपछि दुई देशबिच युद्ध छेडिएको छ । यस क्रममा भारत र पाकिस्तान दुवैले व्यापक रूपमा एकअर्कालाई आक्रमण गरेको दाबी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप