अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?
वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग कुरा गरेका छन्।
भारतका विदेशमन्त्री जयशंकरले आफ्नो एक्स अकाउन्टमा मार्को रुबियोसँगको कुराकानीको बारेमा जानकारी दिएका छन् । उनले भने, ‘आज बिहान मैले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेँ। भारतको अडान सधैँ संयम र जिम्मेवार रहेको छ र भविष्यमा पनि यस्तै रहनेछ।’
यससँगै अमेरिकाले जयशंकरसँगको वार्ताबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग कुरा गरेका छन्। विदेशमन्त्री रुबियोले दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने तरिकाहरू खोज्नुपर्नेमा जोड दिएका छन्, ताकि तनाव कम होस् र कुनै भ्रम नहोस्।’
यसका साथै रुबियोले भविष्यमा कुनै पनि विवादबाट बच्न अमेरिकाले दुई देशबिचको वार्तामा मद्दत गर्न सक्ने प्रस्ताव पनि गरे।
यसैबिच, अमेरिकाले पाकिस्तानी सेना प्रमुख आसिन मुनीरसँगको वार्ताको बारेमा पनि एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री मार्को रुबियोले आज बिहान पाकिस्तानी सेना प्रमुख आसिन मुनीरसँग कुरा गरे। यस क्रममा उनले दुवै पक्षलाई तनाव कम गर्ने उपायहरू खोज्न अपिल गरेका छन् र भविष्यमा हुने द्वन्द्वबाट बच्न वार्ता सुरु गर्न अमेरिकी सहयोगको प्रस्ताव गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण