‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
शनिबार, २७ वैशाख २०८२, १३ : २३
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका हुन् । देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानित नागरिकका रूपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको उनको भनाई थियो ।
उनले ढुवानी व्यवस्था प्रभावकारी हुन नसके वितरण प्रणालीमा नै असर पर्ने भएकाले यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा कुनै विवाद नरहेको धारणा राखे । उनले बजेट निर्माणका सन्दर्भमा व्यवसायीहरूको सुझावलाई महत्वका साथ आफूले हेरेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण