राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
काठमाडौँ । पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा कार्यकर्ताहरु आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन् । शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रश्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरुरी रहेको बताए । उनले पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी रहेको बताए ।
पूर्वसभामुख रानाभाटले भने, ‘मुलुकको आर्थिक, सामाजिक विकासका निम्ति काम गर्ने र साम्प्रदायिक सद्भाव, क्षेत्रीय आधारमा आफूलाई प्रस्तुत गर्ने होइन । नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रश्तुत हुने एउटा परम्परा र संस्कृति राजनीतिक पार्टीहरुले आफ्ना कार्यकर्तालाई सिकाउन् । कार्यकर्ता आफ्ना झोले मात्रै बनुन् भन्ने जुन परम्परावादी, सामन्ती सोच हाम्रा पार्टीहरुमा छ । अहिले पनि छ । दुःखका साथ भन्नुपर्छ । म पनि त्यही पार्टीको ज्यादै जिम्मेवार तहमा बसेर सेवा गरेको मान्छे छु । त्यसैले हामी यो पुरानो शैलीलाई, सामन्ती शैलीलाई चटक्क छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोचबाट प्राथमिकताका प्रश्नलाई खोज्नुपर्छ ।’
पूर्वसभामुख रानाभाटले नेपालका राजनीतिक दलहरु मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरुको ऋणसँग बढी झुकेको बताए । उनले यसलाई मेटाउन सक्नुपर्ने बताए । उनले आफ्नो स्वार्थ भन्दा माथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने बताए । उनले न्यायपालिका बाहेकका अरु सम्पूर्ण निकायहरुलाई कडा ढंगले सुझाव दिनुपर्ने बताए ।
पूर्वसभामुख रानाभाटले भने, ‘अहिले त दुःखका साथ भन्नुपर्छ, मुलुकका जनताकाप्रति भन्दा विदेशी शक्ति र उनका ऋणहरुसँग हाम्रा पार्टीहरु बढी झुकेका हुन्छन् । त्यो दुःखद् स्थिति हामीले मेटाउन सकेनौँ । हामी स्वार्थ भन्दा माथि उठिसक्यौँ अब । अब हाम्रा स्वार्थ छँदै छैन । हामीले राष्ट्रलाई बाटो देखाउनका निम्ति सम्बन्धित निकायहरुः न्यायपालिका बाहेकका अरु सम्पूर्ण निकायहरुलाई हामीले कडा भन्दा कडा ढंगले सुझाव दिनुपर्छ ।’
पूर्वसभामुख रानाभाटले वर्षको एक पटकको साधारण सभाले पूर्व सांसद मञ्चको कर्तव्य पूरा नहुने उल्लेख गरे । बहुदलीय व्यवस्थाको लामो अनुभव बटुलिसके पनि नागरिक आशामुखी हुन नसकेको बताए । देशमै कामको समुचित व्यवस्था अझै हुन नसकेको बताए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण