धोनीको नामसँग जोडियो रमाइलो शतक, भन्छन् ‘तत्काल सन्न्यास लिने योजना छैन’
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति उपाधि होडबाट बाहिरिइसकेको चेन्नई सुपर किङ्स र प्ले–अफ चरणमा पुग्न सँघर्षरत कोलकाता नाइट राइडर्सबिच खेल भएको थियो । उक्त खेलमा चेन्नईले कोलकातालाई उसैको घरेलु मैदानमा दुई विकेटले हरायो ।
चेन्नईसँग हारेपछि साविक विजेता कोलकाताको प्ले–अफ चरणमा पुग्ने सम्भावना पनि संकटमा परेको छ । कोलकाताविरुद्धको उक्त खेलपछि चेन्नईका कप्तान महेन्द्रसिंह धोनीको नाममा एउटा रमाइलो कीर्तिमान जोडिन पुगेको छ ।
खेलमा धोनीले अविजित १७ रन बनाएका थिए । उक्त खेलपछि धोनी आईपीएलको इतिहासमा सबैभन्दा बढीपटक अविजित (नटआउट) रहने ब्याट्सम्यान बनेका छन् । आईपीएलमा धोनी अविजित रहेको यो एक सयौँ खेल हो ।
यसरी ४३ वर्षको उमेरमा धोनीले एउटा रमाइलो शतकको कीर्तिमान आफ्नो नाममा पारेका छन् । हालसम्म कुनै पनि ब्याट्सम्यान आईपीएलमा एक सयपटक अविजित रहेका छैनन् । धोनीले आईपीएलमा दुई सय ४१ पाली खेलिसकेका छन् ।
यो सूचिको दोस्रो स्थानमा रहेका चेन्नईकै ब्याट्सम्यान रवीन्द्र जडेजा छन् । उनी हालसम्म आईपीएलमा ८० पटक अविजित रहेका छन् । यद्दपि, जारी आईपीएलमा धोनी र उनको टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो ।
टोलीले निरन्तर खराब प्रदर्शन गरेपछि पूर्वक्रिकेटर र समर्थकहरु पनि धोनीसँग रुष्ट छन् । धोनीमाथि नयाँ खेलाडीको स्थान खोजेको र प्रतिभाशाली खेलाडीहरुलाई अगाडि आउने अवसर नदिएको आरोप लगाउन थालिएको छ ।
यसैबिच, धोनीले आफू खेलजीवनको उत्तरार्धमा रहेको प्रतिक्रिया दिएका छन् । कोलकातालाई हराएपछि आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा उनले भनेका छन्, ‘पक्कै पनि म खेलजीवनको उत्तरार्धमा छु । तर, तत्कालै ब्यवसायीक खेलजीवनबाट सन्न्यास लिने मेरो कुनै योजना छैन । यो विषयमा म आरामले निर्णय लिनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण