खेलकुद पत्रकार मञ्चमा अधिकारी
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २०औँ साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नक्सालस्थित क्राउन प्लाजा होटलमा बिहीबार सम्पन्न चुनावी साधारणसभाबाट अधिकारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको हो ।
अध्यक्ष पदमा अधिकारीले आफ्ना प्रतिस्पर्धी प्रकाश तिमिल्सिनालाई हराए । अधिकारीले ४५ मत ल्याए । तिमिल्सिनाले भने ३५ मत पाए ।
महासचिवमा अञ्जन खड्काले आफ्ना प्रतिद्वन्द्वी राजु घिसिङलाई पछि पारे । खड्काले ५१ र घिसिङले २८ मत प्राप्त गरे । सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए । उनले ५१ मत र उनका प्रतिद्वन्द्वी गोविन्दराज नेपालले २८ मत पाए । प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षमा सञ्जीव शिल्पकार, गोविन्द रेग्मी निर्विरोध निर्वाचित भए ।
कोषाध्यक्षमा मुना कार्की र महिला सदस्यमा नमिता दाहाल पनि निर्विरोध चयन भए । अन्य तीन सदस्यमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भएका छन् । सुवेदीले ५७, कविरसले ५४ र जोशीले ३९ मत पाए । यो कार्यकाल तीन वर्षको हुनेछ ।
निर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र दिए । मुख्य निर्वाचन अधिकृत दाहालकै नेतृत्वमा तीन सदस्यीय समितिले निर्वाचन गराएको हो । अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले खेलकुद पत्रकारितालाई नयाँ उचाइमा पुर्याउन अघिल्ला समितिले गरेको रचनात्मक कार्यक्रमलाई थप बढवा दिने प्रतिबद्धता व्यक्त गरे ।
सो निर्वाचनअगाडि बन्द सत्रले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यवाहाक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो । त्यसअघि उक्त साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सो अवसरमा सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा नेपाल खेलकुद पत्रकार मञ्चको भूमिका अहम् रहँदै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीमा सहमति जुटाउने रातभरको प्रयास असफल, निर्वाचन प्रक्रिया अघि बढाउने तयारी
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
-
समूह एफ : नेदरल्यान्ड्स समूह विजेता, जापान उपविजेता र स्विडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा
-
लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
-
ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण