शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै

शुक्रबार, २६ वैशाख २०८२, १७ : ३५
शुक्रबार, २६ वैशाख २०८२

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । वैशाख २७ गते शनिबारबाट सम्मलेन गर्ने गरी तयारी गरिएको क्याम्पस संचालक समितिले जनाएको छ ।

विद्यार्थीहरुको क्षमता विकाससंगै शैक्षिक गुणस्तर वृद्धि तथा स्थानीय स्तरमा दीगोविकासका लक्ष्य प्राप्तीमा सहयोग गर्ने  उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिए ।

‘दिगो विकासको लक्ष्यको स्थानीयकरणःयूवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलन आयोजना गरिएको उनले बताए । उनका अनुसार सम्मेलनको उद्घाटन विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले दिउँसो २ बजे गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा विभिन्न अन्तराष्ट्रिय, राष्ट्रिय अनुसन्धानकर्ताहरुको प्रस्तुति र अनुसन्धनात्मक जर्नल प्रकाशन गरिने उनले बताए । शनिबारदेखि सञ्चालन हुने सम्मेलनमा करिव १०० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने डा. सिलवालले बताए । 

३ दिन चल्ने सम्मेलनमा देश विदेश तथा भर्चुअल माध्यमबाट गरि ३०० जना विज्ञ र विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहने उनले बताए ।

‘स्थानीय स्तरमा दिगो विकास लक्ष्यहरुलाई समायोजन गर्ने, यूवा विद्यार्थीहरुको क्षमता सक्षम बनाउन र स्थानीय स्तरका दिगो विकास लक्ष्यहरुलाई प्राप्त गर्ने प्रयासमा यूवा विद्यार्थीको भूमिका बढाउने मूल उदेश्य बोकेर सम्मेलन आयोजना गरिएको हो,’ उनले भने ।

यूजीसी नेपालको सहयोग तथा केन्द्र, प्रदेश र स्थानीय सरकारहरु तथा स्वदेशी तथा विदेशी विश्व विद्यालयहरुसंगको सहकार्यमा क्याम्पसले विश्वविद्यालय बन्ने यात्रा तयारी गर्नेगरी अगाडि बढिरहेको प्रमुख सिलवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप