युक्रेनसँग ‘सिधा वार्ता’ गर्ने पुटिनको प्रस्ताव
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग ‘सिधा वार्ता’ को प्रस्ताव गरेका छन् । उनले मे १५ भन्दा अघि नै कुनै ढिलाइ बिनै वार्ता सुरु गर्नुपर्ने बताएका हुन् ।
‘हामी गम्भीर वार्ता चाहन्छौँ...यो द्वन्द्वको जरो कारण हटाउन र दीर्घकालीन र बलियो शान्तितर्फ अघि बढ्न,’ शनिबार राति क्रेम्लिनबाट दुर्लभ टेलिभिजन सम्बोधनमार्फत पुटिनले भने ।
सम्बोधनको केही घण्टाअघि मात्र बेलायती प्रधानमन्त्री कर स्टार्मर, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोँलगायत युरोपिन नेताहरू युक्रेन पुगेर रुसलाई ३० दिने सर्तरहित युद्धविरामका लागि आह्वान गरेका थिए । यसको प्रतिक्रियामा क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे ‘सोच्नुपर्ने’ बताउँदै ‘दबाब सिर्जना गर्नु भने बेकार’ भएको चेतावनी दिएका थिए ।
आफ्नो सम्बोधनमा पुटिनले युक्रेनसँगको वार्ता टर्कीको सबैभन्दा ठुलो सहर इस्तानबुलमा गर्न प्रस्ताव पनि गरे । उनले यो वार्ताले रुस र युक्रेनले ‘नयाँ युद्धविराम’ मा सम्झौता हुनसक्ने सम्भावना व्यक्त गरे । यसबारे टर्कीका राष्ट्रपति रेसेप तैयक एर्डोगानसँग आइतबार छलफल गर्ने पनि पुटिनले जानकारी दिए ।
यता, कीभले पुटिनको प्रस्तावबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । पुटिनले यसअघि मस्कोले राखेको युद्धविरामका विभिन्न प्रस्तावहरूलाई युक्रेनले जवाफ नदिएको आरोपसमेत लगाएका छन्, जसमा ३० दिनसम्म ऊर्जाका पूर्वाधारमा कुनै हमला नगर्ने र गत महिनाको इस्टर युद्धविराम सामेल छन् ।
तीन वर्षअघि रुसले युक्रेनमा ‘विशेष सैन्य अभियान’ सुरु गरेको थियो । अभियान सुरु भएलगत्तै दुई देशबिच प्रत्यक्ष वार्ता पनि भएको थियो । तर, त्यस यता दुई देशबिच कुनै प्रत्यक्ष छलफल भएको छैन ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण