काठमाडौँ । स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने पहिलो इन्टरनेसनल ब्याक्कालेरेट (आईबी) स्कुल हो– प्रिमियर इन्टरनेसनल स्कुल । आईबीलाई विश्वस्तरीय शिक्षाका रूपमा लिने गरिन्छ । आईबी मान्यताप्राप्त प्रिमियरले १६ वर्षदेखि विश्वस्तरकै शिक्षा प्रदान गर्दै आएको छ, जहाँ प्रि–स्कुलदेखि कक्षा १२ सम्मको पढाइ सञ्चालन हुँदै आएको छ ।
प्लस टु अर्थात कक्षा ११ र १२ मा आईबी डिप्लो र नेशलन एजुकेशन बोर्ड (एनईबी) का शैक्षिक कार्यक्रमहरू चल्दै आएका छन् । विद्यार्थीलाई पढाइसँगसँगै व्यावहारिक र जीवन उपयोगी ज्ञानका लागि सक्षम बनाउने आफ्नो उद्देश्य रहेको प्रिमियर स्कुलकी एकेडेमिक डाइरेक्टर प्रभिना थापा बताउँछिन् ।
स्वच्छ, सुन्दर र शान्त वातावरणमा सुविधासम्पन्न भौतिक संरचनासहित ललितपुरको खुमलटार हाइटमा अवस्थित यो स्कुलमा प्रिमियर एजुकेसन नेटवर्क (पीईएन) अन्तर्गतको प्रिमियरमा आईबीअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् । प्रस्तुत छ, स्कुलकी एकेडेमिक डाइरेक्टर प्रभिना थापासँग गरिएको कुराकानी ः–
प्रिमियर इन्टरनेशल आईबी कन्टिनम स्कुलमा कक्षा १० सकेपछि २ वटा समान कार्यक्रम छन् । बच्चाहरू कि इन्टरनेशनल आईबी (द इन्टरनेशनल बक्कालरेट) डिप्लोमा प्रोग्रामका लागि जान सक्छन् अथवा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको नेपाली कार्यक्रम पढ्न सक्छन् ।
यो एउटा समग्र कार्यक्रम हो, जसले बच्चाहरूलाई आईबी र बोर्डको आ–आफ्नै मापदण्ड अनुसारको पढाइका साथसाथै उनीहरूको नेतृत्व विकासदेखि लिएर युनिभर्सिटी गाइडेन्स सपोर्टसम्मका कार्यक्रम हुन्छन् । प्लस टु पढेपछि कुन विश्वविद्यालयमा पढ्ने ? कस्तो विषय लिएर पढ्ने ? छात्रवृत्ति कसरी पाउने ? नेपालमा कुन राम्रा विश्वविद्यालय छन्, बाहिर के कस्ता कार्यक्रम छन् भनेर पूर्ण जानकारी दिने टिम छ । त्यसका साथसाथै सामाजिक सचेतना दिने कार्यसमेत हुने गरेका छन् ।
यो उमेरमा म्यूजिक र स्पोर्टमा समेत बच्चाहरू राम्रो हुन्छन् । आफ्नो इच्छाअनुसार राम्रो गर्न सक्छन् । जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा एकदमै राम्रो हुन्छ ।
कक्षा ११ र १२ मा एकदमै राम्रो प्याकेजसहितको शैक्षिक कार्यक्रमको विकास गरिएको छ । सामाजिक सेवासम्बन्धी समेत समावेश गरिएको छ । समाजलाई राम्रो दिनसक्ने खालको मानिस हुनुपर्छ भनेर विद्यार्थीहरूलाई सामाजिक सेवाका विषयमा समेत पढाउँछौँ ।
आईबी डिप्लोमा कार्यक्रम होस् वा एनईबीको कार्यक्रम होस्, दुवैतिरको राम्रो कार्यक्रम समेटिएका छन् ।
आईबी डिप्लोमा प्रोग्रामलाई प्रि–युनिभर्सिटी प्रोग्राम पनि भनिन्छ । ६ वटा भिन्न विषय समूहबाट फरक–फरक ६ वटा विषय पढ्नुपर्ने हुन्छ । त्यसका साथसाथै ३ वटा अतिरिक्त विषय पढ्नुपर्ने हुन्छ । एउटा ४ हजार शब्दको निबन्ध लेख्नुपर्ने हुन्छ । अर्को भनेको स्पोर्टदेखि लिएर आफ्नो रुचि अनुसारको विषय पढ्नुपर्ने हुन्छ । सामुदायिक सेवाको समेत काम गर्नुपर्ने हुन्छ ।
त्यस्तै अर्को टीओके भन्ने विषय छ । थ्यौरी अफ नलेज भनेर त्यसमा हामी के सिक्छौँ ? कसरी सिक्छौँ ? मेरो विचार कसरी निर्माण भइरहेको छ भन्ने विषयमा जानकारी दिँदै सक्षम विद्यार्थी बन्नका लागि महत्त्वपूर्ण भूमिका हुन्छ ।
आईबीमा तीन प्रकारको डिप्लोमाको कार्यक्रम हुन्छ । हामीले तीनै प्रकारको डिप्लोमाको कार्यक्रम चलाउँछौँ । आर्ट, म्यूजिकसमेत पढाइ हुन्छ ।
मेडिकल साइन्स पढ्न खोज्ने बच्चाहरूका लागि समेत पढाइ हुने गरेको छ । त्यस्तै एउटा भाषामात्रै नभइ दुई भाषामा समान दक्षता होस् भनेर यस्तो विषय समेत पढाइ हुन्छ । यसले नेपालमा मात्र नभएर नेपाल बाहिरका विद्यार्थीहरू समेत आएर पढ्ने गरेका छन् । किनभने हाम्रोमा आईबीका तीन वटै कार्यक्रम चलिरहेका छन् । बाहिरका कतिपय स्कुलहरूमा त्यस्तो खालको पढाइ हुँदैन ।
एनईबीभित्र समेत नयाँ तरिकाले गरिरहेका छौँ । बच्चाहरूले आफ्नो विषय छान्न पाउने भन्ने थियो तर, हालसम्म कार्यान्वयनमा आइसकेको छैन ।
प्राविधिक रूपमा व्यवस्थापन गर्न विद्यालयहरूलाई गाह्रो हुन्छ । कहिले कुन विषय पढ्छौँ भन्लान्, कुनै बेला अर्को विषय पढ्छौँ भन्लान् । त्यो गाह्रो विषय हो तर, हामीले ‘तपाईंको आफ्नो डिग्री बनाउँछौँ’ भनेर अघि बढिरहेका छौँ ।
एनईबीको कार्यक्रममा विद्यार्थीहरूले आफ्नै विषय बनाएर अघि बढ्ने खालको बनाएका छौँ । साइन्स पढ्ने विद्यार्थीले म अन्य कुनै अर्को विषय पनि पढ्छु भनेर इच्छा व्यक्त गरेको खण्डमा पढ्न पाउँछन् ।
यो सबै विद्यार्थीका लागि खुला रहन्छ । बाहिरका विद्यार्थीले समेत पढ्न पाउँछन् । ९० प्रतिशत विद्यार्थीहरू आईबी डिप्लोमा कार्यक्रमतिर जान्छन् । किनभने तल्लो तहबाटै त्यही अनुसार पढाइ अगाडि बढ्ने भएकाले कक्षा ११ र १२ मा समेत त्यही अनुसार आईबी डिप्लोमा कार्यक्रमतिर नै जान खोज्छन् ।
एनईबी कार्यक्रममा सीमित विद्यार्थी जान्छन् । अन्य स्कुलबाट एसईई दिएका विद्यार्थीहरू समेत पढ्न आउँछन् र पाउँछन् पनि ।
यसका लागि आईबी र एनईबीले तोकेको मापदण्ड छन् । त्यसका लागि बच्चाहरूले आफ्नो पढाइ र क्षमताबारे बुझ्नुपर्छ । आईबी डिप्लोमा प्रोग्राम एकदमै गम्भीर पढाइ हो । त्यसका लागि विद्यार्थी सबैभन्दा पहिला मानसिक रूपमा तयार हुनुपर्छ । मानसिक रूपमा तयार नभएको खण्डमा धेरै गाह्रो हुन्छ ।
हामीले अन्तिम तीन वर्षको बच्चाको स्कुलको रिपोर्ट हेर्छौं । विश्लेषण गर्छौं । किनभने केही कारणले एसईई बिग्रिएको हुनसक्छ तर, त्योभन्दा अगाडिका वर्षमा विद्यार्थीको पर्फमेन्स कस्तो थियो, त्यो हेर्छौं । एउटा एसईईले मात्रै बच्चाको शैक्षिक अवस्था नदेखाउने भएकाले तीन वर्षको एकेडेमी रिपोर्ट हेर्छौं ।
अर्को कुरा भनेको स्कूलका विभिन्न व्यक्तिहरूबाट सिफारिस पत्रसमेत माग्छौँ । स्कुलको प्रधानाध्यापक, पढाइने शिक्षक लगायतको विषयमा सिफारिस माग गर्छौं । त्यस्तै बच्चाले आफ्नो लाइफलाई कसरी हेरिरहेको हुन्छ भन्ने विषयमा आर्टिकल समेत लेख्न लगाउछौँ । विद्यार्थीको इच्छा, आकाङ्क्षा र चाहनालाई हाम्रो स्कुलले पूरा गर्न सक्छ कि सक्दैन भनेर हेर्छौं । बोल्ने भाषा, बोल्ने तरिका समेत हेर्छौं । अन्तर्वार्ता पनि हुन्छ ।
परीक्षाका लागि घोकाउनले मात्रै होइन । जीवनको चाहिने जीवनपयोगी सिपको समेत सिकाइ हुन्छ । आफ्नो देश पनि चिन्ने, माटो पनि चिन्ने । त्यही समयमा अन्तर्राष्ट्रिय एक्सपोजर पनि होस् भन्ने चाहना भएका बच्चाहरूको लागि यो आईबी कार्यक्रम हो ।
जब विद्यार्थी पास भएर जान्छ, किताबी ज्ञानमात्रै लिएर जाँदैन, स्किल पनि सिकेर जान्छ । जानेका ज्ञान आफ्नो जीवनमा समेत लागु गर्न सक्छ । हाम्रो आएर विद्यार्थीले किताबी ज्ञानमात्र नभइ जीवन उपयोगी सिपसमेत सिकेर जान्छ ।
विद्यार्थीलाई हरेक दिन टिचिङ एण्ड लर्निङ भइरहेको हुन्छ, त्यसमै हामीले नेपाल चिनाउने कोसिस गर्छौं । सबै कुरा बिग्रिएको, भत्केको खालको भाष्य निर्माण गरेकोमात्रै सुनिन्छ । स्कुलबाट हाम्रो देश राम्रो छ, अझै राम्रो बनाउनका लागि मेरो तर्फबाट के गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूलाई सकारात्मक चिन्तन पैदा गराउने कोसिस रहन्छ ।
युनिभर्सिटी गाइडेन्स टिम छन् । जसले के पढ्दा राम्रो हुन्छ । कहाँ पढ्ने ? कुन विषय पढ्दा सहज हुन्छ जस्ता विषयमा उक्त टिमले काउन्सिलिङ गर्छ । गाइड गर्दागर्दै विद्यार्थी एक सक्षम व्यक्ति बनिसकेको हुन्छ । प्रिमियर एउटा यस्तो स्कुल हो, जसले ‘नेशनल कलेजेज फेयर’ गर्छ । प्रायः स्कुलहरूमा बाहिरका कलेजका प्रतिनिधिहरू आउँछन् । तर, हाम्रोमा त्यो पनि हुन्छ । हामीले विद्यार्थीहरूलाई नेपालकै राम्रो–राम्रो कलेजहरूमा पढेर सक्षम व्यक्ति बन्नका लागि प्रेरित गरिरहेका हुन्छौँ ।
नेपालमा बस्दा बाहिर गएका सफल स्टोरीमात्रै सुन्छौँ । तर, विदेश जाने सबैको राम्रोमात्रै हुँदैन नि ! नेपालमा बस्ने सबैको फेलियर स्टोरीमात्रै पनि हुँदैन । नेपालमै बसेर धेरै राम्रो गरिरहेका पनि छन् ।
हामीले प्रत्येक वर्ष नेशनल कलेजेज् फेयर गरिरहेका हुन्छौँ । विदेश जानु नै सही जवाफ होइन भन्ने विषयमा जानकारी दिन्छौँ ।
बाहिर गएर सिक्न खोज्नु पनि राम्रै हो । यसलाई नराम्रो मान्नु हुँदैन । जहाँ गएर भए पनि नेपाल आएर केही न केही गर्नुपर्छ भन्ने हो । बाहिर जाँदै नजाने भन्ने होइन । विदेशमै पढ्न गयो भने पनि नेपालमा फर्किन्छ र फर्किन भन्छौँ ।
फरक–फरक खालको शुल्कको व्यवस्था छ । विभिन्न खालका छात्रवृत्तिको व्यवस्था छ । जेहेन्दार विद्यार्थी, स्पोर्टस्मा राम्रो गर्नेलाई छुट्टै खालको छात्रवृत्ति छ । पूर्ण शुल्कीय व्यवस्था पनि छ भने छात्रवृत्ति पाएर पढ्न पाउने व्यवस्था पनि छ ।
स्पोर्ट्समा इच्छा भएका धेरै बच्चा आउँछन् । किनभने प्रिमियर आईएसएफ (इन्टरनेशनल स्कुल फेडेरेशन) को पूर्ण सदस्य हो । जसरी ओलम्पिकले ओपन एज ग्रुपमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरिरहेको हुन्छ, त्यसरी नै आईएसएफले इन्टरनेशनल लेभलमा तर, विद्यालय तहका बच्चाहरूलाई समूहगत रूपमा प्रतिस्पर्धा गराउँछ ।
स्पोर्टसमा इच्छुक हुने विद्यार्थीले नेपालमा गर्ने नै भए । त्यसका साथसाथै अन्तर्राष्ट्रियस्तरमा समेत खेल्ने मौका पाउँछन् । स्कुलमा २० भन्दा बढी विभिन्न खालका कार्यक्रम छन् ।
११ र १२ को कार्यक्रमले व्यक्तिको जीवनमा टर्निङ प्वाइन्ट ल्याउँछ । अभिभावकहरूले समेत फ्रिडम दिने ठाउँ हो । यो बेलामा एकदमै केयर गर्नुपर्ने हुन्छ । शैक्षिक कार्यक्रम चयन गर्दा भविष्य केन्द्रित कार्यक्रम रोज्नुपर्छ । अर्को कुरा, मैले के पाउँछु त भन्ने हो । स्कुलको राम्रो नाम चलेको भए पनि मलाई गाह्रोसाह्रो भएको बेला स्कुलले के कसरी सपोर्ट गर्छ भन्ने विषयलाई समेत हेरेर छान्नुपर्छ ।
१ प्रतिक्रिया