स्रोत नखुलेको ८ लाख ३९ हजार रकमसहित एकजना पक्राउ
शुक्रबार, ०२ जेठ २०८२, १६ : ५३
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रकम सहित रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट एकजनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ५० वर्षीय कृष्ण अग्रहरी छन् ।
उनको साथबाट स्रोत नखुलेको ८ लाख ३९ हजार बरामद गरिएको रुपन्देहीका प्रहरी उपरक्षिक (एसपी) प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए ।
आरोपी भारतीय नम्बरको मोटरसाइकलमा रकम लिएर हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण