शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

उच्च अदालत पोखराले पठायो रविलाई पेसीको जानकारी

शुक्रबार, ०२ जेठ २०८२, १६ : ४४
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • पोखरा उच्च अदालतले विचाराधीन मुद्दाको पेसीबारे रवि लामिछानेलाई जानकारी पठाएको छ।
  • अदालतले उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेखेर पेसीको जानकारी गराउन भनेको हाे।

पोखरा । उच्च अदालत पोखराले विचाराधीन मुद्दाको पेसीबारे रवि लामिछानेलाई जानकारीपत्र पठाएको छ । उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेख्दै अदालतले पेसीको जानकारी गराइदिन भनेको हो ।

त्यसको बोधार्थ रूपन्देही कारागारलाई पनि दिइएको अदालतका उपरजिस्टार नीलप्रसाद पनेरूले जानकारी दिए ।

‘हामीले पत्र पठाइसकेका छौँ । उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेखेर कारागार कार्यालयलाई बोधार्थ पठाइएको छ,’ उनले भने । जेठ ४ गते आइतबार सुनुवाइ हुने गरी अर्को पेसी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप