उच्च अदालत पोखराले पठायो रविलाई पेसीको जानकारी
शुक्रबार, ०२ जेठ २०८२, १६ : ४४
सारांश
- पोखरा उच्च अदालतले विचाराधीन मुद्दाको पेसीबारे रवि लामिछानेलाई जानकारी पठाएको छ।
- अदालतले उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेखेर पेसीको जानकारी गराउन भनेको हाे।
पोखरा । उच्च अदालत पोखराले विचाराधीन मुद्दाको पेसीबारे रवि लामिछानेलाई जानकारीपत्र पठाएको छ । उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेख्दै अदालतले पेसीको जानकारी गराइदिन भनेको हो ।
त्यसको बोधार्थ रूपन्देही कारागारलाई पनि दिइएको अदालतका उपरजिस्टार नीलप्रसाद पनेरूले जानकारी दिए ।
‘हामीले पत्र पठाइसकेका छौँ । उच्च सरकारी वकिल कार्यालयलाई पत्र लेखेर कारागार कार्यालयलाई बोधार्थ पठाइएको छ,’ उनले भने । जेठ ४ गते आइतबार सुनुवाइ हुने गरी अर्को पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण