‘नरसिंहाः अवतार’ को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता

काठमाडौँ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ ।स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको गीतमा अर्जुन पोखरेलको सङ्गीत छ । सार्वजनिक गीतले बाबु र छोरीबिचको प्रेम प्रस्तुत गरेको छ ।
सार्वजनिक गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल–कलाकार एल्भिना खड्कालाई फिचरिङ गरिएको छ ।गीतमा एल्भिनाप्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेमभावलाई प्रस्तुत गरिएको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ । फिल्म ‘नरसिंहाः अवतार’को यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
चन्द्र पन्तको कथा रहेको यो फिल्ममा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश