कांग्रेस सभापति देउवा र माओवादी नेता शर्माबिच भेटवार्ता
शुक्रबार, ०२ जेठ २०८२, १६ : ४३

समाचार सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता जनार्दन शर्माबीच भेटवार्ता भयो। भेटमा देशको राजनीतिक अवस्थाबारे छलफल भएको थियो।
- जनार्दन शर्माले सामाजिक सञ्जालमार्फत भेटवार्ताको जानकारी दिएका छन्।
- यसअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन कुराकानी भएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता जनार्दन शर्माबिच भेटवार्ता भएको छ । भेटका क्रममा देशको समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको शर्माले बताएका छन् ।
भेटबारे जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल ।’
आजै देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच पनि टेलिफोन कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता
-
१२ बजे १२ समाचार: प्रदेश सांसद अख्तियारको नियन्त्रणमा, भारतीय विमान दुर्घटना