सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित

आइतबार, २८ वैशाख २०८२, १५ : ५४
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गर्‍यो । 

त्यस्तै आजकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप