कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश
विराटनगर । नेपाल कराते महासंघ कोशी प्रदेशमा गठन गरिएको तदर्थ समितिले विवाद सिर्जना भएको छ । प्रदेश खेलकुद विकास बोर्डले तदर्थ समिति बनाएको थियो ।
बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले ‘आन्तरिक विवाद’ को बहानामा वैधानिक रूपमा चलिरहेको कार्यसमितिलाई अवैध ठहर्याउँदै एकतर्फी रूपमा नयाँ तदर्थ समिति गठन गरेपछि कराते महासंघ कोशी प्रदेश कार्यसमितिले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कडा विरोध जनाएको छ ।
‘प्रदेश खेलकुद बोर्डले अनधिकृत रूपमा हस्तक्षेप गरेर हाम्रो लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित समितिलाई धमिल्याउने प्रयास गरेको छ,’ सचिव राम लिम्बूले भने । ‘हामी दुई वर्षदेखि कराते खेलको विकासका लागि निरन्तर काम गरिरहेको छौँ, जसलाई राष्ट्रिय महासंघले समेत मान्यता दिइसकेको छ,’ उनले भने ।
पत्रकारहरूसँगको कुराकानीमा लिम्बूले सदस्य सचिव बस्नेतमाथि व्यक्तिगत स्वार्थ र गुटबन्दीको आरोप लगाउँदै भने, ‘प्रदेश खेलकुद बोर्डका सदस्य सचिवले आफ्नो पदको दुरुपयोग गरेर खेलकुद क्षेत्रमा आफ्नो गुट स्थापित गर्ने कुचेष्टा गरेका छन् ।’
कराते महासंघ कोशी प्रदेशको वर्तमान कार्यसमितिले राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार विधिवत् रूपमा कार्य गरिरहेको र नेपाल कराते महासंघबाट समेत मिति २०८२ वैशाख २८ गतेको पत्रमार्फत कुबिरमान राई अध्यक्ष र राम लिम्बू सचिव रहेको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको जानकारी दिए ।
महासंघका पदाधिकारीहरूले बोर्डमा पटक–पटक दर्ता प्रक्रियाका लागि पहल गर्दा समेत सदस्य सचिव बस्नेतले जानाजानी अवरोध गरेको आरोप लगाएका छन् । ‘हामीलाई दर्ता गर्न अस्वीकार गरेपछि अहिले विवाद छ भन्दै नयाँ समिति गठन गर्नु षड्यन्त्र बाहेक केही होइन,’ उनले भने ।
हाल कुबिरमान राई अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्षद्वय सौरभ प्रधान, अनिल नेपाल, सचिव राम लिम्बु, कोषाध्यक्ष अनुशा विष्ट रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता तामाङ्ग, लोकेन्द राई, योगेन्द्र आचार्य, रेनुका राई, कमिक राई, मिलन कसजु, बिप्लव राई र मेनुका ठाकुर रहेका छन् ।
यसरी वर्तमान कार्यसमिति रहिरदा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले वैशाख २४ गते नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समितिको संयोजक प्रभाकर राना (रिक्की) लाई तोकेका थिए । रक्की एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ मोरङका उपाध्यक्ष हुन् भने तसर्थ समिति घोषणा गर्ने सदस्य सचिव बस्नेत तेही महासंघको केन्द्रीय अध्यक्ष पनि हुन् ।
यसरी एकलौटी तरिकाले सदस्य सचिव बस्नेतले पदीय दुरुपयोग गरेर गठन गरेको ११ सदस्यीय तदर्थ समिति तत्काल खारेज गर्न कराते महासंघ कोशी प्रदेशले जोडदार माग गरेको छ । साथै, यदि आफ्नो मागलाई अवहेलना गरिए कानुनी उपचारमा जाने चेतावनी दिएको छ । ‘प्रदेश खेलकुद विकास बोर्डको यस्तो अलोकतान्त्रिक कदमले समग्र खेल क्षेत्रमा नै नकारात्मक सन्देश गएको छ,’ लिम्बूले थपे, ‘हामी न्यायका लागि अन्तिम विकल्पसम्म लड्न तयार छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण