दिल्लीले म्याक्गर्कको स्थानमा मुस्ताफिजुरलाई भित्र्यायो, तर बीसीबीले भन्यो - एनओसी दिइएको छैन
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइजी टोली दिल्ली क्यापिटल्स (डीसी) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई प्रतिस्थापनको रूपमा टोलीमा समावेश गरेको छ। उनले ओपनर ज्याक फ्रेजर म्याक्गर्कको स्थान लिनेछन्।
म्याक्गर्क चालू सिजनका बाँकी खेलहरूका लागि भारत आउने छैनन्। फ्रेन्चाइजीले रहमानसँग ६ करोड भारतीय रुपैयाँमा सम्झौता गरेको छ, तर यो सम्झौता समस्यामा परेको देखिन्छ।
सम्झौतापछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का सीईओ निजामुद्दीन चौधरीले क्रिकइन्फोलाई भने, ‘अहिलेसम्म खेलाडी र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले यस सम्झौताको लागि बीसीबीबाट एनओसी मागेका छैनन्। मुस्तफिजुर टोलीसँग युएई जानुपर्छ। हामीलाई आईपीएल अधिकारीहरूबाट कुनै सन्देश प्राप्त भएको छैन। मलाई पनि मुस्ताफिजुरबाट त्यस्तो कुनै आधिकारिक सन्देश प्राप्त भएको छैन।’ सामान्यतया, आईपीएलले कुनै पनि खेलाडीसँग सम्झौताको घोषणा तब मात्र गर्छ जब खेलाडीले आफ्नो घरेलु बोर्डबाट एनओसी पाउँछ।
आईपीएलका बाँकी खेलहरूको तालिका र बंगलादेशको यूएई भ्रमणको तालिका आपसमा जुधिरहेको छ। आईपीएलका बाँकी खेलहरू मे १७ बाट सुरु हुँदैछन् भने बंगलादेशले मे १७ र १९ मा युएईमा दुई टी-२० खेल खेल्ने छ। त्यसपछि टोलीले २५, २७ र ३० मे, १ र ३ जुनमा पाकिस्तान विरुद्ध ५ खेल खेल्नेछ। मुस्ताफिजुर पनि टोलीसँगै युएई प्रस्थान गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण