शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन

बिहीबार, ०१ जेठ २०८२, १५ : ३२
बिहीबार, ०१ जेठ २०८२

सारांश

  • काठमाडौंको नागढुंगामा ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन गरिएको छ।
  • इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेको घटनाको छानबिन एसपी पदम बहादुर विष्टको नेतृत्वमा हुनेछ।
  • घटनापछि इन्स्पेक्टर साह र जवान खड्का दुवैलाई जिम्मेवारीबाट हटाइएको छ।
  • सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा इन्स्पेक्टरले जवानलाई चड्कन हानेको देखिन्छ।

काठमाडौँ । काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन गरिएको छ । 

बुधवार नागढुंगास्थित सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका हुन् । घटनाबारे छानबिन गर्न एसपी पदम बहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले रातोपाटीलाई बताए । उपत्यका प्रहरी कार्यालयले गठन गरेको समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौँका इन्स्पेक्टर सदस्य छन् ।

ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत साह र प्रहरी प्रभाग नागढुंगामा कार्यरत खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र खड्कालाई जिल्ला प्रहरी परिसरमा झिकाइएको एसएसपी खनालले जानकारी दिए । 

बुधवार सडकमै साहले जुनियर प्रहरीलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जवानले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमान्डमा जानकारी गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप