आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणमा बाँकी खेल खेल्न अस्ट्रेलियाका प्रभावशाली बलर जस हेजलउड भारत फर्कने भएका छन् ।
अन्यौलबिच हेजलउड फर्कने समाचारले रोयल च्यालेन्जर्स बेंगलुरु उत्साही देखिएको छ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध सैन्य आक्रमक सुरु गरेपछि आईपीएल बिचैमा स्थगित गरिएको थियो ।
भारत र पाकिस्तानले एक–अर्काविरुद्ध सैन्य आक्रमण नगर्ने सहमति गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएलका बाँकी खेलहरु शनिबारदेखि सुरु गर्ने घोषणा गरेको छ ।
तर, सुरक्षाको कारण देखाउँदै आईपीएल खेलिरहेका अधिकांश विदेशी खेलाडी स्वदेश फर्किएका छन् । त्यसमाथि टेस्ट च्याम्पियनसिपको फाइनलका कारण अस्ट्रेलिया र दक्षिण अफ्रिकाका खेलाडी भारत फर्कनेमा अन्यौल थियो ।
क्रिकेट अस्ट्रेलियाले भने आईपीएलको बाँकी खेल खेल्न आफ्ना खेलाडी भारत फर्कने वा नफर्कने भन्ने कुराको निर्णय लिने अधिकार सम्बन्धित खेलाडीलाई नै लिन छुट दिएको छ । त्यसैले तिब्रगतिका बलर हेजलउड आईपीएलको बाँकी खेलका लागि भारत फर्कन लागेका हुन् ।
तर, हेजलउड भारत फर्कने मिति भने सार्वजनिक गरिएको छैन । जारी सिजनको आईपीएलमा हेजलउडको प्रदर्शन पनि उत्कृष्ट छ । उनले हालसम्म १० खेल खेल्दै १८ विकेट लिइसकेका छन् । काँधको समस्याका कारण उनले अघिल्लो खेल भने खेलेका थिएनन् ।
उनको टोली बेंगलुरु प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सँघर्षरत छ । बेंगलुरु हालसम्म खेलिएको ११ खेलबाट १६ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा आसिन छ । बेंगलुरुले हालसम्म आठ जित र तीन हारको नतिजा निकालेको छ ।
बेंगलुरुले आफ्नो १२औँ खेल शनिबार कोलकाता नाइट राइडर्ससँग खेल्दैछ । तर, कोलकाताविरुद्धको खेलमा भने हेजलउड सहभागी हुने सम्भावना निकै कम रहेको बताइएको छ । वेस्ट इन्डिज र इङ्ल्यान्डका केही खेलाडी भने आईपीएलमा सहभागी हुन भारत फर्किसकेका छन् ।
लियाम लिभिङस्टोन र रोमारियो शेफर्ड शनिबारको खेलअघि नै टोलीको अभ्यासमा फर्किएको समाचारमा जनाइएको छ । शेफर्डसँगै वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसेल र सुनिल नारिन पनि भारत फर्किसकेका छन् । कोलकाताका मेन्टर ड्वेन ब्राभो पनि भारत फर्किसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा