शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अदालत

रवि र छविको मुद्दा हेर्दाहेर्दैमा, आइतबार अर्को पेसी

शुक्रबार, ०२ जेठ २०८२, १७ : ३२
शुक्रबार, ०२ जेठ २०८२

सारांश

  • पोखरा उच्च अदालतले रवि लामिछाने र छविलाल जोशीको मुद्दा 'हेर्दाहेर्दै' मा राख्यो।
  • समय अभावका कारण मुद्दा आइतबारका लागि सारिएको छ, र अदालतले दुवैलाई सुनुवाइको सूचना पठाउन आदेश दिएको छ।
  • रवि लामिछाने र छविलाल जोशी रुपन्देही कारागारमा रहेकाले सुनुवाइको जानकारी पठाउन अदालतले निर्देशन दिएको छ।

कास्की । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको छ ।  शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले समय अभावपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो । मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । साथै अदालतले यसबारेको सूचना लामिछाने र जोशीलाई दिन आदेश दिएको छ । 

‘प्रतिवादीहरूमध्येका रवि लामिछाने र छविलाल जोशीको तर्फबाट विद्वान् वरिष्ठ कानुन व्यवसायीहरूले प्रतिवादीहरू हाल अन्य मुद्दाको सन्दर्भमा कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेको भनी जानकारी गराउनु भएको सन्दर्भलाई विचार गरी रवि र छविलाललाई सुनुवाइको जानकारी छिटो माध्यमबाट सम्बन्धित कारागार कार्यालयमार्फत पठाई निवेदक प्रतिवादीहरू आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाईं र कृष्णबहादुर गुरुङका हकमा सुनुवाइलाई निरन्तरता दिने गरी प्रस्तुत प्रतिवेदनलाई जेठ ४ गतेको हेर्दाहेर्दैको पेसीमा तोकी नियमानुसार पेस गर्नू, आदेशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप