चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने

काठमाडौँ । रोशन दासको निर्देशनमा नयाँ चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने भएको छ । शुक्रबार एक कार्यक्रमबिच चलचित्र निर्माणकाे औपचारिक घोषणा गरिएको हो । मधेस केन्द्रित कथामा बन्ने चलचित्रको निर्माण पक्षले पोस्टर पनि सार्वजनिक गरेको छ ।
पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ । मधेसबारे बन्ने चलचित्रहरूमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाइने निर्देशक दासले बताए ।
निर्देशक दासले फिल्मबारे भने, “हाम्रो सिनेमामा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौँ ।“ दासका अनुसार सिनेमा मधेशकेन्द्रित रहेर सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहेको छ ।
फिल्मलाई रेज इन्टरटेनमेन्टले आत्रेय प्राेडक्सन हाउस, किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेमेन्टसँगको सहकार्यमा निर्माण गर्न लागेको हो । फिल्मको कथा निर्देशक दास स्वयको रहेको छ भने पटकथा युवराज भट्टराईले लेखेका छन् ।
सिनेमालाई निरज कँडेलले खिच्दै छन्। फिल्मका कलाकारहरू बारेमा भने केही समयमा सार्वजनिक गरिने दासले जनाए ।
उनले भने, “हामीले केही नयाँ र केही पुराना अग्रज कलाकारहरूसँग यो परियोजनामा काम गर्दै छौँ । “चलचित्र यही वर्षको अन्यतिर प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा