क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
सारांश
- अमेरिकी आरएण्डबी गायक क्रिस ब्राउनलाई लन्डनको एक नाइटक्लबमा बोतल प्रहार गरेको आरोपमा हिरासतमा राखिएको छ।
- ब्राउनले सन् २०२३ मा लन्डनको मेफेयरको टेप क्लबमा संगीत निर्माता आबे डियावलाई बोतलले हानेको आरोप लागेको छ।
- अदालतले मुद्दा साउथवार्क क्राउन अदालतमा सारिएको र अर्को सुनुवाइ जुन १३ मा हुने जनाएको छ।
लण्डन । लण्डनको एक नाइटक्लबमा बोतल आक्रमणको आरोपमा अदालतमा उपस्थित भएपछि आरएण्डबी गायक क्रिस ब्राउनलाई हिरासतमा राखिएको छ ।
अमेरिकी गायकलाई बिहीबार साल्फोर्डको लोरी होटलबाट पक्राउ गरिएको थियो । पछि उनलाई कथित आक्रमणको आरोप लगाइएको थियो, जुन २०२३ मा लण्डनको मेफेयरको टेप क्लबमा भएको भनिएको छ ।
३६ वर्षीय ब्राउनले संगीत निर्माता आबे डियावलाई गम्भीर शारीरिक हानि पुर्याउन बोतल प्रहार गरेको आरोप छ । जुन र जुलाईमा हुने बेलायतको भ्रमण अघि गायक म्यानचेस्टरमा थिए । उनले म्यानचेस्टरको सहरको को–अप लाइभ एरिना र कार्डिफको प्रिन्सिपालिटी स्टेडियममा कार्यक्रम गर्ने तय छ ।
ब्राउनको पूरा नाम क्रिस्टोफर मौरिस ब्राउन हो । जिल्ला न्यायाधीश जोआन हस्र्टले ब्राउनको मुद्दालाई अब लन्डनको साउथवार्क क्राउन अदालतमा सारिने र अर्को सुनुवाइ जुन १३ मा हुने बताइन् । उनले भनिन्, ‘गम्भीर शारीरिक हानिको अपराधको प्रकृति यति गम्भीर छ, यसलाई मजिस्ट्रेट अदालतले यसलाई सम्बोधन गर्न सक्दैन ।’
ब्राउनले जुन ८ मा एम्स्टर्डममा प्रस्तुति दिने तालिका थियो, त्यसपछि जर्मनी जानुअघि बेलायतमा कार्यक्रम गर्ने तालिका थियो।
सुनुवाइ अघि म्यानचेस्टर मजिस्ट्रेट अदालत बाहिर उनका फ्यानहरू भेला भएका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण