जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन निर्माण अभियान जारी रहने भएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले वैशाख मसान्तसम्म सञ्चालन गर्ने भनी तय गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ ले निरन्तरता पाउने बताएका हुन् ।
‘अभियानले पार्टीमा नयाँ ऊर्जा र उत्साह थपेको छ । वैशाख मसान्तसम्म स्थानीय तहअन्तर्गत अधिकांश वडा समिति, पालिका समिति, जिल्ला समिति र भ्रातृसंगठनहरुको अधिवेशन सम्पन्न भएका छन् । कतिपय स्थानीय तह तथा पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने कार्य बाँकी रहेकोले अभियानले निरन्तरता पाउने छ,’ बस्नेतले भने ।
अभियानको यस अवधिमा विभिन्न तहका पार्टी समितिको अधिवेशन, पार्टी प्रवेश, अन्तरक्रिया, प्रशिक्षण, भेला, पार्टी सदस्यता नवीकरण तथा वितरणका कार्यहरू गरिएको उनले बताए ।
जसपा नेपालले गत भदौ महिनादेखि पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्यहरूलाई पालिका (नगरपालिका र गाउँपालिका) समितिको जिम्मेवारीमा खटाइ संगठन विस्तार अभियान चलाएको थियो । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई अनुगमनको जिम्मेवारी दिई सञ्चालन गरिएको अभियानबारे थप निर्णय पार्टीको बैठकले गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण