जसपा नेपालको संगठन निर्माण अभियानको समय थप

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन निर्माण अभियान जारी रहने भएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले वैशाख मसान्तसम्म सञ्चालन गर्ने भनी तय गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ ले निरन्तरता पाउने बताएका हुन् ।
‘अभियानले पार्टीमा नयाँ ऊर्जा र उत्साह थपेको छ । वैशाख मसान्तसम्म स्थानीय तहअन्तर्गत अधिकांश वडा समिति, पालिका समिति, जिल्ला समिति र भ्रातृसंगठनहरुको अधिवेशन सम्पन्न भएका छन् । कतिपय स्थानीय तह तथा पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने कार्य बाँकी रहेकोले अभियानले निरन्तरता पाउने छ,’ बस्नेतले भने ।
अभियानको यस अवधिमा विभिन्न तहका पार्टी समितिको अधिवेशन, पार्टी प्रवेश, अन्तरक्रिया, प्रशिक्षण, भेला, पार्टी सदस्यता नवीकरण तथा वितरणका कार्यहरू गरिएको उनले बताए ।
जसपा नेपालले गत भदौ महिनादेखि पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्यहरूलाई पालिका (नगरपालिका र गाउँपालिका) समितिको जिम्मेवारीमा खटाइ संगठन विस्तार अभियान चलाएको थियो । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई अनुगमनको जिम्मेवारी दिई सञ्चालन गरिएको अभियानबारे थप निर्णय पार्टीको बैठकले गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट: अनेरास्ववियुको अध्यक्षमा कडरिया ११३ मतले अगाडि
-
तीनकुने घटनामा आदेश आउन ढिलाइ, अदालतबाहिर नाराबाजी
-
अनेरास्ववियुको मतगणनामा कडरियाको सुरुवाती अग्रता
-
रूकुम पश्चिममा पानी बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
-
सिंहदरबार बोलाइएको विषयमा भण्डारीको स्पष्टीकरण: ‘व्यक्तिगत भेटघाट मात्र हो’
-
भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त