हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’

मुम्बई । बलिउड फिल्म हेरा फेरी-३ बारे लगातार समाचारहरू सार्वजनिक भइरहेका छ। यसैबिच, मिडिया रिपोर्टका अनुसार यस पटक ‘बाबु राव’ उर्फ परेश रावल फिल्ममा देखिने छैनन्।
निर्माता र परेशबिच केही रचनात्मक भिन्नता रहेको बताइएको छ, जसका कारण अभिनेताले फिल्म छोड्ने निर्णय गरेका छन्। बलिउड हंगामाको रिपोर्ट अनुसार, परेश आफैँले यसको पुष्टि गरेका छन्। यसअघि अक्षय कुमार सन् २०२२ मा फिल्मबाट पछि हटे पनि पछि उनी फिल्ममा फर्किएका थिए । त्यस्तै, परेश रावलले पनि पुनरागमन गर्न सक्ने उद्योग विज्ञहरू विश्वास गर्छन् ।
निर्देशक प्रियदर्शनले आफ्नो जन्मदिनमा फिल्म हेरा फेरी ३ को घोषणा गरेका थिए। आफ्नो एउटा पोस्टमा उनले परेश रावल, अक्षय कुमार र सुनील शेट्टीलाई ट्याग पनि गरेका थिए। यद्यपि, फिल्मको रिलिज मितिको बारेमा कुनै आधिकारिक बयान दिइएको छैन।
अभिनेत्री तब्बुलाई पनि फिल्म हेरा फेरी ३ मा पनि देख्न सकिन्छ। अभिनेत्रीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी थिइन्, जसमा उनले उनी बिना कलाकारहरू अधुरो रहने बताएकी थिइन् ।
तब्बु 'हेरा फेरी' को पहिलो भागमा देखिएकी थिइन्। यसमा उनले सुनील शेट्टीकी प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन्। यो फिल्म सन् २००० मा रिलिज भएको थियो र प्रियदर्शनले निर्देशन गरेका थिए।
यसपछि, यस फिल्मको दोस्रो भाग सन् २००६ मा आयो, जसलाई नीरज वोराले निर्देशन गरेका थिए। तर, यस फिल्ममा तब्बु देखिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश