सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा

समाचार सारांश
- शेरबहादुर देउवाले वर्तमान सरकारका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताए। कांग्रेस ठूलो दल भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने उनको भनाइ छ।
- देउवाले मिलेर चुनाव लड्नुपर्ने र सबैको प्रतिनिधित्व संसदमा रहेको बताए। उनले कांग्रेसको नेतृत्वको सरकारले धेरै विकास गरेको उल्लेख गरे।
- देउवाले सांसदलाई गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याउँदा भएको पजेरो काण्डको स्मरण गरे र त्यसको विरोध गर्नेले नै पहिले छुटमा गाडी किनेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् । प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।
उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको समेत बताए । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे । उनले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरू भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए ।
त्यस्तै सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर समेत गरे । त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको उनले बताए । सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिले पनि टिका टिप्पणी हुनु ठुलो कुरा भएको धारणा राखे ।
तत्कालीन समयमा देउवा र राप्रपाको संयुक्त सरकार बनेपछि सरकार टिकाउनका लागि देउवाले सांसदलाई गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको चर्चा अहिले पनि हुने गरेको छ । सो समयमा भन्सार छुटमा पाइएको गाडीको व्यापार समेत सांसदहरूले गरेको आरोप लाग्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष