क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो

समाचार सारांश
- प्रतिनिधि सभाले नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रस्तावमा सभामुख देवराज घिमिरेले ध्वनि मतबाट स्वीकृत गरे।
- विधेयकहरू अब अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल हुनेछन्, जसले प्रतिवेदनसहित पुनः सभामा पेस गर्नेछ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी दुईवटा विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार प्रतिनिधिसभाको बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन् ।
अब यी विधेयकहरू प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन्। समितिबाट छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ।
सरकारले यी विधेयकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ। प्रस्तावित विधेयकअनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्थामा विभाजन गरिनेछ ।
नियामक निकायको रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक संस्थाका रूपमा नेपाल हवाई सेवा प्राधिकरण रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड