पानी पर्ने बादल पूर्वतिर विकसित, सतर्क रहन विभागको आग्रह
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
- विभागले पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको जनाएको छ।
- मौसम प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको जनाएको छ ।
विभागले आइतबार सूचना जारी गर्दै कोशी मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको पनि बजाएको छ । विभागले यो प्रणाली पूर्वतिर सर्ने क्रम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘हाल देशका कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा वर्षा गराउने बादल विकसित भइरहेको र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ’, विभागले भनेको छ, ‘यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण