आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पानी पर्ने बादल पूर्वतिर विकसित, सतर्क रहन विभागको आग्रह

आइतबार, ०४ जेठ २०८२, १५ : ०३
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
  • विभागले पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको जनाएको छ।
  • मौसम प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको जनाएको छ । 

विभागले आइतबार सूचना जारी गर्दै कोशी मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको पनि बजाएको छ । विभागले यो प्रणाली पूर्वतिर सर्ने क्रम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

‘हाल देशका कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा वर्षा गराउने बादल विकसित भइरहेको र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ’, विभागले भनेको छ,  ‘यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप