बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू

मकवानपुर । बागमती प्रदेशमा सभामा प्रतिनिधित्व गर्ने ७ दल सम्मिलित बैठक सुरू भएको छ । आइतबारका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले आह्वान गरेको सर्वदलीय बैठक प्रदेशसभा सचिवालय हेटौँडामा सुरू भएको हो ।
जेठ ५ गते बिहान ११ बजेका लागि बोलाएको प्रदेशसभा बैठक सञ्चालनार्थ सर्वदलीय बैठक बसेको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ७ मध्ये ५ दल सहभागी छन् । नेपाल मजदुर पार्टी र हाम्रो नेपाली पार्टी सर्वदलीय बैठकमा सहभागी छैनन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुङ्ग्याउन एवं सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो ।
हिउँदे अधिवेशन सञ्चालनमा बाधा पुर्याएको, विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बसेको हो ।
बैठकले प्रदेशसभाको ५ वैशाखमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारीको आम्दानी देखाउन नक्कली विवरण प्रविष्ट
-
बेपत्ता राजेश श्रेष्ठको शव बेगनास तालको ३५ फिट गहिराइमा फेला
-
अमेरिका र चीनबिच लन्डनमा नयाँ चरणको व्यापार वार्ता हुँदै
-
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
-
फिल्म ‘सोल्टिनी’ को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक
-
सदन अवरोध हटाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, प्रतिपक्षी दलहरू छलफलमा