आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्व्यसनीविरुद्ध प्रीति आलेले ल्याइन् ‘चाहिँदैन भो’

आइतबार, ०४ जेठ २०८२, १७ : २६
आइतबार, ०४ जेठ २०८२

काठमाडौंँ । गायिका प्रीति आलेको नयाँ गीत ‘चाहिँदैन भो’ सावर्जनिक भएको छ ।

लय, शब्द तथा निर्देशनसमेत उनकै रहेको गीत उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । 

गीत लागुऔषध दुर्व्यसनीविरुद्ध रहेको छ । एलओेडी क्लबमा छायांकन भएको भिडियोमा प्रीतिका अलावा प्रकाश सपुत, सुशील नेपाल, एलिना खनाल, दिभिषा शर्मा र सुमन खड्काको अभिनय छ । 

‘हाम्रो समाजमा लागुऔषधले धेरैको घरपरिवार बिग्रिएको देखेको छु,’ आलेले भनिन्, 'युवा पुस्तालाई लागुऔषध दुर्व्यसनीमा नलाग्न अनुरोध गर्न यो गीतको माध्यम लिएकी हुँ ।’

लागुऔषधले प्रयोगकर्तालाई मात्र नभई परिवार र आफन्तलाई समेत नोक्सान पुर्‍याउने भिडियोमा सन्देश छ । गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप