सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरे व्यवस्थापनमा थप सहज हुने बताएका छन् ।
अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवसको अवसरमा पाटन सङ्ग्रहालय विकास समितिद्वारा आइतबार आयोजित कार्यक्रममा महानगरपालिका ऐतिहासिक सांस्कृतिक धरोहरलाई जोगाउन लागिपरेको भन्दै सङ्ग्रहालय सञ्चालनको जिम्मेवारी आए थप उत्कृष्ट काम हुने बताए ।
“महानगर बन्न चाहिने एउटा महत्वपूर्ण आधार सङ्ग्रहालय पनि हो तर ललितपुर महानगर आफैँमा एउटा सङ्ग्रहालयजस्तै छ । विगतमा मान्छेभन्दा मूर्ति धेरै भएको क्षेत्रका रूपमा चिनिन्थ्यो तर ७७ वटै जिल्लाबाट उपत्यकामा बसाइँसराइ गरेर आउने जनसङ्ख्याको चापाले यहाँको सङ्ग्रहालय सङ्कटमा छ । यसलाई जोगाउनका लागि पनि स्थानीय सरकारलाई आवश्यक जिम्मा दिनुपर्छ”, प्रमुख महर्जनले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा सुरेश सुरश श्रेष्ठले समाजभित्र भएका सबै चिजहरू सङ्ग्रहालयभित्र अटाउनुपर्ने बताए ।
“सङ्ग्रहालयभित्र सबै कुरा पुरानो हुनुपर्छ भन्ने हैन, मानिसको विकासक्रमदेखि मानिस र समुदायसँग जोडिएका सबै कुरा समेटेर सङ्ग्रहालय बनाउन सकिन्छ । यसले समाजलाई सूचना प्रवाहमार्फत सेवा दिनसक्छ”, उनले भने ।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले विश्व समुदायले जीवित सङ्ग्रहालयका रूपमा लिएको काठमाडौँ उपत्यकाका पुरातात्विक महत्वका सङ्ग्रहालयको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले आगामी दिन सङ्ग्रहालयको आकर्षण वृद्धिका लागि काम गर्नुपर्ने बताए ।
सङ्ग्रहालयको महत्व र विशेषताको स्मरण गराइराख्न संयुक्त राष्ट्र सङ्घले सन् १९८३ मे १८ तारिका दिन गरेको घोषणाअनुसार हरेक वर्ष सोही दिन अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस मनाइँदै आइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता