बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने

हेटौँडा । बागमती प्रदेशसभा सञ्चालनका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन । आइतबार दिउँसो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुट्न नसकेको हो ।
सोमबारबाट सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालनको लागि सत्तापक्ष र प्रतिपक्ष दलबिच सहमति जुटाउन बसेको बैठक निष्कर्षविहीन बनेको हो ।
मुख्यमनत्री बहादुर सिंह लामाले आह्वान गरेको बैठक निष्कर्षविहीन बनेको माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्न प्रसानद ढकालले जानकारी दिए ।
सर्वदलीय बैठकमा प्रतिपक्षका तर्फबाट पछिल्लो राजनीतिक घटनाक्रम र विगतको सहमती कार्यान्वयनका विषयमा सरकारको जवाफ माग गरिएको उनले बताए ।
हिउँदे अधिवेशन आह्वान भएर पनि सरकारले चलाउन नदिनुको कारण माग गर्दा सरकारले उचित जवाफ नदिएको उनले बताए । विगतको समहति कार्यान्वयनको अवस्थाको विषयमा पनि सरकार जिम्मेवार नबनेकाले सर्वदलीय बैठक निष्कर्षविहीन बनेको उनले बताए ।
विपक्षी दलका माग र सहमतिलाई सरकारले सम्बोधन गर्न नसकेको उनको भनाई छ । आज बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएपछि सोमबार हाह्वान भएको प्रदेशसभा बैठक चल्न सक्ने अवस्था नरहेको उनले बताए ।
‘कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसदको कार्य सूचि समेत जारी भएको अवस्थामा सरकारले मन्त्रिपरिषद्बाट अधिवेशन नै अन्त्य गरेको छ । सरकारले आफू अनुकल संसद चलाउने काम गरेका छ । प्रतिपक्षका माग र प्रश्न बारे सरकार जिम्मेवार बन्न सकेन । हामीले यिनै विषयमा जवाफ मागेका छौं । तर, सरकारले त्यसमा उचित तवरले सम्बोधन गरेको देखिएन,’ उनले भने ।
राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाका अनुसार सर्वदलीय बैठकमा ठोस निर्णय हुन नसकेको बताए । विगतका विषय र पछिल्लो पटक संसदको घटनामा सरकारको जवाफ प्रष्ट आउन नसकेको उनले बताए । सरकार एलौटी ढंगबाट अगाडि बढिरहेको उनले आरोप लगाए ।
बैठकमा मुख्यमन्त्री लामा, कांग्रेस संसदीय दलका उपनता रामकृष्ण चित्रकार, नेकपा एमालेका संसदीय नेता जगन्नाथ थपलिया, सचेतक मधुसुदन पौडेल, माओवादी केन्द्रका संसदीय नेता शालिकराम जम्मकट्टेल, सचेतक रत्न ढकाल, राप्रपाका संसदीय नेता उद्धव थापा र नेकपा एकीकृत समाजवादीका सांसद लक्ष्मण लम्साल सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता