परवानीपुरदेखि पटेलनगर क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव
सारांश
- खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्जमा जल निकास प्रणाली सुधार गर्ने बताए।
- मन्त्रीका अनुसार, नाला तथा ढलान निर्माणपछि पानी जम्ने समस्या समाधान हुनेछ र आवागमन सहज हुनेछ।
- परवानीपुरदेखि पटेलनगरसम्म १,२५६ मिटर नाला तथा ढलान निर्माणका लागि १ करोड ७२ लाख रुपैयाँको लागत लाग्नेछ।
पर्सा । खानेपानीमन्त्री प्रदीप यादले वीरगन्ज महानगरपालिका–१८ सुप्चैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताएका छन् ।
आइतबार वीरगन्ज महानगरपालिका–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री यादवले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने पानी जम्ने समस्या पूर्ण रूपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताएका हुन् ।
‘नाला तथा ढलान निर्माणपछि यो क्षेत्रको जल निकासी प्रणाली सुधार हुने र सडक व्यवस्थित हुने छ । विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ’, मन्त्री यादवको भनाइ छ । एक करोड ७२ लाख रुपैयाँ लागतसहित नाला तथा ढलान निर्माण थालिएको हो । महानगरको वडा नम्बर १८ सुप्चैना र वडा नम्बर २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाई नाला तथा ढल निर्माण हुने वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण