‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट रातोपाटीकर्मी सहित २ जना सम्मानित
बारा । रेड टेलिभिजनकी संस्थापक स्व.रामा यादवको पुण्य तिथिको अवसरमा प्रदान गरिने ‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट यसवर्ष रातोपाटीकर्मी शारदा पोखरेलसहित २ जनालाई प्रदान गरिने भएको छ ।
रामा यादव स्मृति प्रतिष्ठानद्वारा यसै साता आयोजना गरिएको एक कार्यक्रममार्फत उक्त पुरस्कारको घोषणा गरिएको हो । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै रातोपाटी बारा संवाददाता पोखरेललाई २०८१ र महोत्तरीकी चाँदनी झालाई २०८२ सालको पुरस्कार प्रदान गर्न लागिएको हो ।
सो पुरस्कारको राशि नगद रु २६ हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिनेछ । रामा यादव स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने महिला पत्रकारलाई सम्मान गर्दै आएको प्रतिष्ठानका संयोजक जयप्रकाश यादवले जानकारी दिएका छन् ।
पुरस्कार घोषणा कार्यक्रमलाई बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शिव पुरीले जोखिम मोलेर पेसामा सक्रिय रहेका पत्रकारहरूलाई राज्यले अझै पनि न्याय गर्न नसकेको बताएका छन् । उनले स्व.रामा यादवले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा समेत गरे ।
त्यसैगरी नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले रामा यादवले रौतहट जिल्लामै पहिलो टेलिभिजनको स्थापना गरी पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताए । स्व.रामा यादवको निधन २०७८ साल वैशाख २८ गते कोरोना सङ्क्रमणका कारण भएको थियो । त्यसपछि उनका श्रीमान् जयप्रकाश यादवले उनको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरेका थिए ।
सो प्रतिष्ठानले यसअघि पोखराकी पत्रकार अनिषा जयन्ती श्रेष्ठ र प्राइम टेलिभिजनकी सिर्जना कार्कीलाई सम्मान गरेको थियो । गत यसै साता घोषणा गरिएको सो पुरस्कार आगामी साउन १९ गते टेलिभिजनको वार्षिकोत्सवको अवसरमा प्रदान गरिनेछ ।
पुरस्कार घोषणा कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहटका उपाध्यक्ष दिलीपबहादुर सुब्बा कार्की, पूर्वअध्यक्ष शैलेन्द्र गुप्ता, पत्रकार प्रेमचन्द्र झा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार राकेश यादवले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण