लुम्बिनीमा राजश्व सङ्कलन सम्बन्धी विधेयक पारित

समाचार सारांश
- लुम्बिनी प्रदेश सभाले 'प्रदेश सामयिक कर तथा राजस्व सङ्कलन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक' सर्वसम्मतिले पारित गर्यो।
- आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विधेयक प्रस्तुत गरे, जसमा दफावार छलफलको प्रस्ताव पेश भए पनि सदस्यहरूले नाम टिपाएनन्।
- विधेयकले स्थानीय तहसँग समन्वय गरी कर सङ्कलन प्रणालीलाई एकीकृत, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य राखेको छ, जसले राजस्व बढाउनेछ।
बुटवल । लुम्बिनी प्रदेशको आर्थिक प्रशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएको ‘प्रदेश सामयिक कर तथा राजस्व सङ्कलन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले उक्त विधेयक प्रस्तुत गरेको थिए । उनले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १०९ को उपनियम (१) को खण्ड (क) बमोजिम विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेश गरेकोमा छलफलका लागि कुनै सदस्यले नाम नटिपाएका कारण विधेयकलाई प्रत्यक्ष निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
सभामुख तुलाराम घर्ती मगरले बैठकमा जानकारी दिँदै विधेयकमाथि कसैले विपक्षमा मत नदिएको हुँदा सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।
यो विधेयकमार्फत अब प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गर्दै कर सङ्कलन प्रणालीलाई एकीकृत, पारदर्शी र उत्तरदायी बनाउने कानुनी संरचना तयार गर्नेछ ।
यसले प्रदेशको आन्तरिक राजस्व सङ्कलनमा वृद्धि ल्याउने, दोहोरो कर प्रणालीको अन्त्य गर्ने र आर्थिक स्वशासनलाई मजबुत पार्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ
-
अनेमसंघ (समाजवादी) को अध्यक्षमा सिग्देल चयन
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू