आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आइतबार, ०४ जेठ २०८२, ०८ : १२
आइतबार, ०४ जेठ २०८२

बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको चौथो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा दुई वटा विषयहरू रहेका छन् ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार आजको बैठकमा प्रदेश सभा सदस्यहरूले विशेष समयमा बोल्ने र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामाजिक कर सम्बन्धी विधेयकलाई दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । 

सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप