पाइलटबिनै १० मिनेटसम्म आकाशमा विमान उडेपछि...
सारांश
- लुफ्थान्साको एउटा विमानमा सह-पाइलट बेहोस भएपछि १० मिनेटसम्म विमान बिना चालक उडेको खुलासा।
- घटना २०२२ को फेब्रुअरी १७ मा भएको थियो, जतिबेला पाइलट ट्वाइलेट गएका थिए र सह-पाइलट एक्कासि बेहोस भए।
- विमानमा १९९ यात्रु र ६ क्रु मेम्बर थिए, र पछि म्याड्रिडमा सुरक्षित अवतरण गराइएको थियो, सह-पाइलटको उडान अनुमति निलम्बित।
बर्लिन । जर्मन ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी लुफ्थान्साको एउटा विमान आकाशमा १० मिनेटसम्म बिना पाइलटको निगरानी उडेको खुलासा भएको छ । जर्मनीको फ्र्याङ्कफर्टबाट स्पेनको सेभिलतर्फ गइरहेको लुफ्थान्साको उक्त विमानमा सह–पाइलट अचानक बेहोस भएपछि विमान १० मिनेटसम्म बिना चालक उडेको थियो । यस विषयमा छानबिन भइरहेको छ । यो घटना २०२२ को फेब्रुअरी १७ को हो ।
घटना समयमा पाइलट सह–पाइलटको भरमा विमानलाई छाडेर ट्वाइलेट गएका थिए । उनी जाँदासम्म सह–पाइलट ठिक थिए । विमान अवतरण हुन अझै ३० मिनेट बाँकी थियो । पाइलट करिब १० मिनेटपछि फर्किएर ककपिटमा छिर्न उनले पटक पटक सुरक्षा कोड हाले । तर सह–पाइलट बेहोस भएकोले उनी छिर्न सकेनन् ।
केही सिप नलागेपछि ओभरराइड कोड हालेर उनले ढोका खोल्न खोजे । तर यसैबेला सह–पाइलट ब्युँझिए अनि ढोका खोले । यसक्रममा १९९ जना यात्री र ६ जना क्रु मेम्बर बोकेर हिँडेको सो विमान १० मिनेटसम्म पाइलट वा सह–पाइलटको निगरानीविहीन बनेको थियो ।
यसपछि पाइलटले म्याड्रिडतर्फ मोडेर सुरक्षित रूपमा अवतरण गराए र यात्रु तथा चालक दललाई सुरक्षित रूपमा निकाले । आफू कतिबेर बेहोस थिएँ भन्ने कुरा थाहा नभएको घटनाको छानबिनको क्रममा सह–पाइलटले भनेका छन् ।
उनी एक्कासि बेहोस भएकोले अनि उनले अरू चालक दललाई जानकारी दिन पनि नभ्याएको प्रतिवेदनमा भनिएको छ । घटनालगत्तै सह–पाइलटलाई अस्पताल लगिएको थियो । यस क्रममा उनलाई न्युरोलोजिकल समस्या भएको पुष्टि भयो ।
अहिले उनको चिकित्सकीय उडान अनुमति निलम्बित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण