आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

पाइलटबिनै  १० मिनेटसम्म आकाशमा विमान उडेपछि...

आइतबार, ०४ जेठ २०८२, १६ : ३०
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • लुफ्थान्साको एउटा विमानमा सह-पाइलट बेहोस भएपछि १० मिनेटसम्म विमान बिना चालक उडेको खुलासा।
  • घटना २०२२ को फेब्रुअरी १७ मा भएको थियो, जतिबेला पाइलट ट्वाइलेट गएका थिए र सह-पाइलट एक्कासि बेहोस भए।
  • विमानमा १९९ यात्रु र ६ क्रु मेम्बर थिए, र पछि म्याड्रिडमा सुरक्षित अवतरण गराइएको थियो, सह-पाइलटको उडान अनुमति निलम्बित।

बर्लिन । जर्मन ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी लुफ्थान्साको एउटा विमान आकाशमा १० मिनेटसम्म बिना पाइलटको निगरानी उडेको खुलासा भएको छ । जर्मनीको फ्र्याङ्कफर्टबाट स्पेनको सेभिलतर्फ गइरहेको लुफ्थान्साको उक्त विमानमा सह–पाइलट अचानक बेहोस भएपछि विमान १० मिनेटसम्म बिना चालक उडेको थियो । यस विषयमा छानबिन भइरहेको छ । यो घटना २०२२ को फेब्रुअरी १७ को हो । 

घटना समयमा पाइलट सह–पाइलटको भरमा विमानलाई छाडेर ट्वाइलेट गएका थिए । उनी जाँदासम्म सह–पाइलट ठिक थिए । विमान अवतरण हुन अझै ३० मिनेट बाँकी थियो । पाइलट करिब १० मिनेटपछि फर्किएर ककपिटमा छिर्न उनले पटक पटक सुरक्षा कोड हाले । तर सह–पाइलट बेहोस भएकोले उनी छिर्न सकेनन् ।

केही सिप नलागेपछि ओभरराइड कोड हालेर उनले ढोका खोल्न खोजे । तर यसैबेला सह–पाइलट ब्युँझिए अनि ढोका खोले । यसक्रममा १९९ जना यात्री र ६ जना क्रु मेम्बर बोकेर हिँडेको सो विमान १० मिनेटसम्म पाइलट वा सह–पाइलटको निगरानीविहीन बनेको थियो । 

यसपछि पाइलटले म्याड्रिडतर्फ मोडेर सुरक्षित रूपमा अवतरण गराए र यात्रु तथा चालक दललाई सुरक्षित रूपमा निकाले । आफू कतिबेर बेहोस थिएँ भन्ने कुरा थाहा नभएको घटनाको छानबिनको क्रममा सह–पाइलटले भनेका छन् । 

उनी एक्कासि बेहोस भएकोले अनि उनले अरू चालक दललाई जानकारी दिन पनि नभ्याएको प्रतिवेदनमा भनिएको छ । घटनालगत्तै सह–पाइलटलाई अस्पताल लगिएको थियो । यस क्रममा उनलाई न्युरोलोजिकल समस्या भएको पुष्टि भयो ।

अहिले उनको चिकित्सकीय उडान अनुमति निलम्बित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप