१० बजे १० समाचार : उपसभामुख हटाउने विषय फेरि चर्चामा, सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो

आज २०८२ जेठ ४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा उपसभामुख हटाउने विषय फेरि चर्चामा, सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो, दैलेख पुगेर प्रचण्डले भने– म पनि दैलेखी, नयाँ बजेटबारे अर्थमन्त्रीका पाँच संकेत, रसुवाबाट ल्याउँदै गरेको अवस्थामा सुन बरामद, जनमत पार्टीका निलम्बित कोषाध्यक्ष ५ लाख धरौटीमा रिहा लगायत छन् ।
१. उपसभामुख हटाउने विषय फेरि चर्चामा
उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषय फेरि चर्चामा आएको छ । आइतबार प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले सत्ता गठबन्धनमाथि उपसभामुख रानालाई हटाउन खोजेको आरोप लगाएका हुन् । यो विषय गत वर्ष पनि चर्चामा आएर सेलाएको थियो ।
२. सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ । नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का कार्यकर्ताले आइतबार उनलाई कालोमोसो दलेका हुन् ।
३. दैलेख पुगेर प्रचण्डले भने– म पनि दैलेखी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दैलेखी रहेको बताएका छन् । पार्टीले सञ्चालन गरेको अभियान अन्तर्गत दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्ना पुर्खा दैलेखी रहेकाले आफू पनि दैलेखी भएको बताएका हुन् ।
४. नयाँ बजेटबारे अर्थमन्त्रीका पाँच संकेत
नयाँ आर्थिक वर्षको बजेट निर्माणमा अर्थ मन्त्रालय व्यस्त छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा नयाँ बजेटबारे विभिन्न पाँच संकेत गरेका छन् ।
५. रसुवाबाट ल्याउँदै गरेको अवस्थामा सुन बरामद
प्रहरीले केरुङबाट काठमाडौँतर्फ ल्याउँदै गरेको अवस्थामा सामान ढुवानी गर्ने डिब्बाबाट सुन बरामद गरेको छ । गोसाईंकुण्ड गाउँपालिका–२ बाट सुन बरामद गरिएको रसुवाका डीएसपी हेम शाहीले रातोपाटीलाई बताए ।
६. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष ५ लाख धरौटीमा रिहा
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ललितपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेश अनुसार यादव आइतबार पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
७. मधेसका पूर्वमन्त्रीसहित बागमती नगरपालिकाका मेयर–उपमेयरविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वमन्त्री विजयकुमार यादव, बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लीलाकुमारी मोक्तान लगायतविरुद्ध मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति दुरुपयोग गराइ भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
८. तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार
तरुण दलको लमजुङ जिल्ला अधिवेशनमा खुकुरी प्रहार हुँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीले खुकुरी प्रहारमा संलग्नलाई भने पक्राउ गर्न सकेको छैन ।
९. रवि र छविको मुद्दामा सुनुवाइ स्थगित
सहकारी ठगीसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पेसीको जानकारी दिने गरी गरिएको पत्रमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाइ स्थगित भएको छ ।
१०. सुर्खेतकै वीरेन्द्रनगर विकासमा फट्को मार्दै गर्दा पश्चिमी भेगका पालिका दुर्गम अवस्थामै
सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालिकाले विकासमा फट्को मारेको छ । यद्यपि, पश्चिम सुर्खेतका पालिका भने अझै दुर्गम अवस्थामै छन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता