रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा

नयाँ दिल्ली । यतिवेला बलिउडका बादशाह शाहरुख खान आगामी फिल्म ‘किङ्ग’का कारण चर्चामा छन् ।
यस फिल्ममा शाहरुखको साथमा रानी मुखर्जी र दीपिका पादुकोण पनि देखिँदैछन् । सिद्धार्थ आनन्दको डेब्यू निर्देशनमा बन्न लागेको यो फिल्म स्टार कास्टका कारण यसअघि नै निकै चर्चामा छ । समाचारमा जनाइएअनुसार रानी फिल्ममा लामो 'केमियो'मा देखिँदै छिन् ।
यसमा उनले शाहरुखकी छोरी सुहाना खानको आमाको भूमिका निभाउँदैछिन् । रानी र शाहरुखले यसअघि पनि निकै फिल्ममा काम गरिसकेका छन् । लामो समयपछि यो जोडीको एक्सन थ्रिलर फिल्म आउन लागेको हो । तर यसअघि भने सुहानाको आमाको भूमिकामा दीपिका देखिन सक्ने चर्चा चलेको थियो ।
फिल्ममा शाहरुख एक हत्याराको भूमिकामा देखिँदैछन् । अभिषेक बच्चन र दीपिका फिल्ममा नकारात्मक भूमिकामा छन् । फिल्मको सुटिङ मे २० देखि मुम्बईमा सुरु हुँदै छ । यसपछि फिल्मको छायांकन युरोपका अरू कैयौं स्थानमा हुने बताइएको छ ।
निर्माताहरूले यो फिल्म सन् २०२६ को अक्टोबर–डिसेम्बरको बिचमा रिलिज गर्ने योजना बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन