‘माओवादीले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैन’
सोमबार, ०५ जेठ २०८२, १२ : १३
सारांश
- माओवादी केन्द्रले देशलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएको छ।
- सांसद दुर्गा राईले कांग्रेस र एमालेले दुई दलीय व्यवस्थाको प्रयास गरेको आरोप लगाइन्।
- राईले सत्ता गठबन्धन २०८४ सम्म जाने कुरालाई माओवादी केन्द्रले शुभकामना दिएको बताइन्।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रयत्न गरेको दाबी गरिन् । तर, माओवादीले त्यसो हुन नदिने उनको भनाइ छ ।
‘नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रत्यत्न गर्दैछन् । त्यो सफल हुन नेकपा माओवादी केन्द्रले दिँदैन,’ सांसद राईले भनिन्, ‘उहाँहरू सत्ता गठबन्धन २०८४ सम्म जान्छ भनेर सार्वजनिक कार्यक्रममा भनिरहनु भएको छ । । जाओस् हामी पार्टी नेकपा माओवादी केन्द्र उहाँहरूलाई शुभकामना दिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण