‘माओवादीले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान दिँदैन’
सोमबार, ०५ जेठ २०८२, १२ : १३

समाचार सारांश
- माओवादी केन्द्रले देशलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएको छ।
- सांसद दुर्गा राईले कांग्रेस र एमालेले दुई दलीय व्यवस्थाको प्रयास गरेको आरोप लगाइन्।
- राईले सत्ता गठबन्धन २०८४ सम्म जाने कुरालाई माओवादी केन्द्रले शुभकामना दिएको बताइन्।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान नदिने बताएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रयत्न गरेको दाबी गरिन् । तर, माओवादीले त्यसो हुन नदिने उनको भनाइ छ ।
‘नेकपा एमाले र नेपाली कांग्रेसले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजाने प्रत्यत्न गर्दैछन् । त्यो सफल हुन नेकपा माओवादी केन्द्रले दिँदैन,’ सांसद राईले भनिन्, ‘उहाँहरू सत्ता गठबन्धन २०८४ सम्म जान्छ भनेर सार्वजनिक कार्यक्रममा भनिरहनु भएको छ । । जाओस् हामी पार्टी नेकपा माओवादी केन्द्र उहाँहरूलाई शुभकामना दिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरमा रस्साकस्सी : मन्त्रिपरिषद् बैठक अघि ओली र देउवाबिच भेटवार्ता हुँदै
-
पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली
-
सातौँ दिनमा बढ्यो सेयर बजार, ७ अर्ब १३ करोडको कारोबार
-
प्रधानन्यायाधीशबाट दुई आयोगका अध्यक्षले लिए सपथ
-
द्वन्द्वकालमा विद्रोही पक्षबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराजको घरमा पुगे प्रचण्ड
-
सम्झौताअनुसार भारत–नेपाल सीमा नाका खोल्न भारतीय नेतासमक्ष आग्रह