लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने

काठमाडौँ । ६ पटक सम्म हेर्न नमिल्ने भइ मङ्गलबारदेखि सर्वाेच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु भएको छ ।
उक्त निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सोही निवेदनसँग लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिट पनि लगाउमा राखेर हेरिएको छ ।
रौटहटको गौरमा थुनामा रहेका अभय भन्ने कामेश्वर सिंह पटेलको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सकिएपछि दोस्रो नम्बरमा रहेको लामिछानेको निवेदनमाथि दिउँसो १२ बजेदेखि सुनुवाइ सुरु भएको थियो । आज उक्त इजलासमा १८ वटा मुद्दाको पेसी तोकिएको थियो ।
तर, लामिछानेको उक्त निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि अन्य १६ वटा मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । हेर्न नभ्याइनेमा सुजित केसीको बन्दी प्रत्यक्षीकरण निवेदनसहित उत्प्रेषण, अदालतको अवहेलना र विविधसम्बन्धी मुद्दा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स