लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने
काठमाडौँ । ६ पटक सम्म हेर्न नमिल्ने भइ मङ्गलबारदेखि सर्वाेच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु भएको छ ।
उक्त निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सोही निवेदनसँग लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिट पनि लगाउमा राखेर हेरिएको छ ।
रौटहटको गौरमा थुनामा रहेका अभय भन्ने कामेश्वर सिंह पटेलको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सकिएपछि दोस्रो नम्बरमा रहेको लामिछानेको निवेदनमाथि दिउँसो १२ बजेदेखि सुनुवाइ सुरु भएको थियो । आज उक्त इजलासमा १८ वटा मुद्दाको पेसी तोकिएको थियो ।
तर, लामिछानेको उक्त निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि अन्य १६ वटा मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । हेर्न नभ्याइनेमा सुजित केसीको बन्दी प्रत्यक्षीकरण निवेदनसहित उत्प्रेषण, अदालतको अवहेलना र विविधसम्बन्धी मुद्दा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण