बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बुधबार, ०७ जेठ २०८२, ०६ : ३५
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • आज संघीय संसदका पाँचवटा संसदीय समितिको बैठक बस्दैछ।
  • अर्थ समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथि छलफल गर्नेछ।
  • विभिन्न समितिहरूमा उपसमितिका प्रतिवेदन र विद्येयक माथि छलफल हुनेछ।

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज बस्न लागेको हो । 

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषयविज्ञ र सरोकारवालासँग  छलफल गर्ने कार्यक्रम छ । बिहान साढे ७ बजेका लागि बोलाइएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुईवटा उपसमितिले तयार पारेका प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यसूची छ । 

बिहान साढे ८ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल गर्ने कार्यसूची छ भने  दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप