आईपीएलको फाइनल खेल अहमादाबादमा खेलाइने
सारांश
- आईपीएलको १८औं संस्करणको अन्तिम चरण सुरु भएको छ, जसमा अब १२ खेलहरू मात्र बाँकी छन्।
- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जुन ३ मा हुने जनाएको छ।
- गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स प्ले-अफमा पुगिसकेका छन्, भने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्समध्ये एक टोली पुग्नेछ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण उत्तरार्धतिर लम्किएको छ । प्रतियोगितामा अब १२ खेलमात्र खेल्न बाँकी छ । अब प्रतियोगिताको लिग चरणमा आठ र प्ले–अफ चरणमा तीन र फाइनलमा एक खेल खेलिने छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रतियोगिताको फाइनल खेलिने स्टेडियमको पनि टुङ्गो लगाएको छ । बीसीसीआईका अनुसार, १८औँ संस्करणको फाइनल खेल आगामी जुन ३ तारिखमा अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ ।
यो विश्वकै सबैभन्दा बढी दर्शक क्षमता भएको क्रिकेट स्टेडियम हो । यसअघि, सन् २०२२ र सन् २०२३ को आईपीएलको फाइनल खेल पनि यही स्टेडियममा खेलाइएको थियो ।
प्रतियोगिताको लिग चरणको खेल मे २७ तारिखमा सकिने छ । त्यसपछि मे २९ तारिखमा पहिलो क्वालिफायर खेल खेलिने छ । मे ३० तारिखमा एलिमिनेटर भिडन्त हुनेछ । दोस्रो क्वालिफायर खेल जुन १ तारिखमा खेलाइने छ ।
गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेका छन् । अब मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्समध्ये एक टोली प्ले–अफ चरणमा पुग्नेछ ।
कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण