बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

आईपीएलको फाइनल खेल अहमादाबादमा खेलाइने

बुधबार, ०७ जेठ २०८२, १३ : २०
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • आईपीएलको १८औं संस्करणको अन्तिम चरण सुरु भएको छ, जसमा अब १२ खेलहरू मात्र बाँकी छन्।
  • भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जुन ३ मा हुने जनाएको छ।
  • गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स प्ले-अफमा पुगिसकेका छन्, भने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्समध्ये एक टोली पुग्नेछ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण उत्तरार्धतिर लम्किएको छ । प्रतियोगितामा अब १२ खेलमात्र खेल्न बाँकी छ । अब प्रतियोगिताको लिग चरणमा आठ र प्ले–अफ चरणमा तीन र फाइनलमा एक खेल खेलिने छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रतियोगिताको फाइनल खेलिने स्टेडियमको पनि टुङ्गो लगाएको छ । बीसीसीआईका अनुसार, १८औँ संस्करणको फाइनल खेल आगामी जुन ३ तारिखमा अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ । 

यो विश्वकै सबैभन्दा बढी दर्शक क्षमता भएको क्रिकेट स्टेडियम हो । यसअघि, सन् २०२२ र सन् २०२३ को आईपीएलको फाइनल खेल पनि यही स्टेडियममा खेलाइएको थियो । 

प्रतियोगिताको लिग चरणको खेल मे २७ तारिखमा सकिने छ । त्यसपछि मे २९ तारिखमा पहिलो क्वालिफायर खेल खेलिने छ । मे ३० तारिखमा एलिमिनेटर भिडन्त हुनेछ । दोस्रो क्वालिफायर खेल जुन १ तारिखमा खेलाइने छ । 

गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेका छन् । अब मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्समध्ये एक टोली प्ले–अफ चरणमा पुग्नेछ । 

कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप