बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही

बुधबार, ०७ जेठ २०८२, १४ : ४६
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत गरेको आरोप लगाए।
  • उनले गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको र मौद्रिक नीतिको ज्ञान नभएको बताए।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत गरेको बताएका छन्।  बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए।  उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेकाे स्मरण गराए । 

गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान समेत नभएको उनकाे भनाइ थियो । उनले नवनियुक्त गभर्नर पौडेलको पढाई कृषि विषयमा रहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप