चलचित्र पत्रकार सङ्घ नेपालको २६ औँ वार्षिक उत्सव इलाममा सुरू

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको २६ औँ वार्षिक उत्सव बुधबारदेखि इलामको श्रीअन्तुमा सुरू भएको छ ।
संघले २६ औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान समारोह तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एंव दोस्रो राष्ट्रिय भेलाको पनि आयोजना गरेको छ ।
जेठ ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवं दोस्रो राष्ट्रिय भेलाको पहिलो दिन बुधबार सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रमको आयोजना गरेको थियो ।
त्यस्तै चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । पत्रकार ध्रुव लम्साललाई नगद ५५ हजार ५५५ रुपैयाँसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत २०८२’ प्रदान गरियो । सोही अवसरमा विष्णु सुवेदी र नरेन्द्र बस्नेत (कोशी)ले ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२’ प्राप्त गरे ।
कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार ०८२’बाट जीवन कुमार पराजुली, वर्षा बस्नेत पुरस्कृत भए । पत्रकारिता पुरस्कारमा जनही नगद ५१ हजार नगद समेत रहेको छ ।
त्यस्तै रश्मी थापालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८२’ र तुलसी प्रसाद निरौला (कोशी)लाई ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरियो । प्रोत्साहन पुरस्कार र मोफसल पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी,अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, बसुन्धरा भुषाल, चलचित्र पत्रकार सङ्घका पुर्व अध्यक्ष विदुर गिरी, शान्ती प्रिय, दिनेश सिटौला लगायतले प्रदान गरे ।
चलचित्र पत्रकार सङ्घ नेपाल केन्द्रीय समितिको आयोजना, कोशी प्रदेश शाखाको संयोजन र इलाम, झापा, मोरङ र सुनसरी शाखाको व्यवस्थापनमा आयोजित कार्यक्रम सिनेमामार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको श्रीअन्तुमा आयोजना भएको गरिएको थियो ।
कार्यक्रममा अभिनेता दिपकराज गिरी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र निर्माता पुनम क्षेत्री, निर्देशक तथा कोरियोग्राफर रेनासा वान्तावा राई, निर्माता प्रज्वल राणा, निर्देशक मिलन चाम्स, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, निर्माता प्रेम कुमार श्रेष्ठ लगायत थुप्रै चलचित्रकर्मीको सहभागीता थियो ।
सङ्घले बिहीबार सिनेमा पर्यटन महोत्सव, कार्यशाला, मिडिया मन्थन, सिनेमा संवाद र अन्तरक्रिया कार्यक्रम समेत राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाग्लुङमा रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
म्यान्चेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले जित्यो युरोपा लिग
-
‘इनिस्पेक्टर’हुँ भन्दै ठग्ने र स्कुटर चोर्ने गिरोहसहित आठ जना पक्राउ
-
मेची भन्सारबाट दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
-
१० महिनामा १४ खर्बको आयात, सबैभन्दा बढी पेट्रोलियम पदार्थ