वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
वासिङ्टन डीसी । अमेरिकाको वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरिएको छ । हत्या एफबीआई फिल्ड अफिसबाट केही कदम टाढा रहेको क्यापिटल यहूदी सङ्ग्रहालय नजिकै भएको हो । यसबारे अमेरिकी गृह सुरक्षा मन्त्रीले जानकारी दिएका छन् ।
बुधबार साँझ वासिङगटनस्थित इजरायली दूतावासका दुई कर्मचारीलाई यहूदी सङ्ग्रहालय नजिकै गोली हानी हत्या गरिएको गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बताइन् ।
गोलीबारी हुँदा उनी पूर्व न्यायाधीश जीनिन पिरोसँगै घटनास्थलमा उपस्थित रहेको महान्यायाधिवक्ता पाम बोन्डीले बताए । यसैबिच, बुधबार राति भएको यो गोलीबारीबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूत ड्यानी ड्यानोनले यो गोलीबारीलाई यहूदी विरोधी आतङ्कवादको जघन्य कार्य भनेका छन् ।
‘हामी विश्वस्त छौँ कि अमेरिकी अधिकारीहरूले यस आपराधिक कार्यका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा कारबाही गर्नेछन्,’ डेनोनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा भनेका छन् । इजरायलले विश्वभरका आफ्ना नागरिक र प्रतिनिधिहरूको सुरक्षा गर्न दृढतापूर्वक काम गरिरहने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तीको आक्रमणमा आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण