विल ज्याक्सले फालेको ‘सही’ बललाई अम्पायरले किन ‘नो बल’ घोषित गरे ?
काठमाडौँ । इन्डियन प्रिमियर लिगको बुधबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो । जितसँगै मुम्बई प्ले–अफ चरणमा पुग्ने चौथो टोली बन्यो ।
उक्त खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफमा दिल्लीले १८.२ ओभरमा अलआउट हुनुअघि एक सय २१ रनमात्र बनाउन सक्यो ।
उक्त खेलमा मुम्बईका बलरले फालेको एउटा बललाई अम्पायरले ‘नो बल’ घोषित गरेका थिए । जबकि त्यो ‘नो बल’ थिएन । मुम्बईको तर्फबाट पाँचौँ ओभर बलिङ गर्न विल ज्याक्स आएका थिए ।
विल ज्याक्सले फालेको एउटा बललाई अम्पायरले ‘नो बल’ घोषित गरिदिए । वास्तवमा त्यो ‘नो बल’ थिएन । त्यसैले मुम्बईका खेलाडीहरु अम्पायरसँग विवाद गर्न पुगेका थिए ।
खासमा, विल ज्याक्सले फालेको बल सही भए पनि अम्पायरले ‘नो बल’ घोषित गर्नुको पछाडि अरू नै कारण थियो । विल ज्याक्सले पाँचौँ ओभरको तेस्रो बल फाल्दा मुम्बईका ६ जना खेलाडी अन–साइडमा फिल्डिङ गरिरहेका थिए । जुन आईपीएलको नियम विपरीत थियो ।
मुम्बई इन्डियन्सका फिल्डरबाट भएको सोही गल्तीका कारण अम्पायरले विल ज्याक्सको उक्त बललाई ‘नो बल’ घोषित गरेका थिए । आईपीएल नियमावलीको नियम २८.४ अनुसार, बलरले बल फाल्दा अन–साइडमा पाँचभन्दा बढी फिल्डर बस्न पाउँदैनन् । यदि फिल्डिङ गर्ने टोलीले यो नियम उल्लङ्घन गरेमा अम्पायरले त्यस्तो बललाई ‘नो बल’ घोषित गर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण