बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेट

सुनिल नारिनको कीर्तिमान तोडे जसप्रित बुमराहले

बिहीबार, ०८ जेठ २०८२, १३ : ००
बिहीबार, ०८ जेठ २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिगको बुधबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो । जितसँगै मुम्बई प्ले–अफ चरणमा पुग्ने चौथो टोली बन्यो । 

उक्त खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमााएर एक सय ८० रन बनाएको थियो । जवाफमा दिल्लीले १८.२ ओभरमा अलआउट हुनुअघि एक सय २१ रनमात्र बनाउन सक्यो । 

वानखेड स्टेडियममा खेलिएको उक्त खेलमा मुम्बई इन्डियन्सका बलर जसप्रित बुमराहले गजबको कीर्तिमान बनाए । खेलमा बुमराहले ३.२ ओभरमा केवल १२ रन खर्चिएर तीन विकेट लिए ।

योसँगै तिब्रगतिका प्रभावशाली बलर बुमराहको नामसँग कीर्तिमान जोडिन पुगेको हो । उनी आईपीएलको इतिहासमा दिल्ली क्यापिटल्सविरुद्ध सबैभन्दा बढी विकेट लिने बलर बन्न पुगे । 

बुमराहले कोलकाता नाइट राइडर्सका खेलाडी सुनिल नारिनको कीर्तिमान आफ्नो नाममा पारेका हुन् । बुमराहले दिल्ली क्यापिटल्सविरुद्ध २३ खेल खेल्दै कुल २८ विकेट लिएका छन् । 

सुनिल नारिनले भने दिल्ली क्यापिटल्सविरुद्ध २४ खेल खेल्दै २७ विकेट लिएका छन् । बुमराह आईपीएलको इतिहासमा सबैभन्दा बढी पटक तीन वा त्योभन्दा बढी विकेट लिने बलर पनि हुन् । 

आईपीएलमा बुमराहले २५ पटक तीन वा त्योभन्दा बढी विकेट लिएका छन् । यो सूचिमा दोस्रो स्थानमा युजवेन्द्र चहल छन् । चहलले २२ पटक तीन वा त्योभन्दा बढी विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप