सुनिल नारिनको कीर्तिमान तोडे जसप्रित बुमराहले
काठमाडौँ । इन्डियन प्रिमियर लिगको बुधबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो । जितसँगै मुम्बई प्ले–अफ चरणमा पुग्ने चौथो टोली बन्यो ।
उक्त खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमााएर एक सय ८० रन बनाएको थियो । जवाफमा दिल्लीले १८.२ ओभरमा अलआउट हुनुअघि एक सय २१ रनमात्र बनाउन सक्यो ।
वानखेड स्टेडियममा खेलिएको उक्त खेलमा मुम्बई इन्डियन्सका बलर जसप्रित बुमराहले गजबको कीर्तिमान बनाए । खेलमा बुमराहले ३.२ ओभरमा केवल १२ रन खर्चिएर तीन विकेट लिए ।
योसँगै तिब्रगतिका प्रभावशाली बलर बुमराहको नामसँग कीर्तिमान जोडिन पुगेको हो । उनी आईपीएलको इतिहासमा दिल्ली क्यापिटल्सविरुद्ध सबैभन्दा बढी विकेट लिने बलर बन्न पुगे ।
बुमराहले कोलकाता नाइट राइडर्सका खेलाडी सुनिल नारिनको कीर्तिमान आफ्नो नाममा पारेका हुन् । बुमराहले दिल्ली क्यापिटल्सविरुद्ध २३ खेल खेल्दै कुल २८ विकेट लिएका छन् ।
सुनिल नारिनले भने दिल्ली क्यापिटल्सविरुद्ध २४ खेल खेल्दै २७ विकेट लिएका छन् । बुमराह आईपीएलको इतिहासमा सबैभन्दा बढी पटक तीन वा त्योभन्दा बढी विकेट लिने बलर पनि हुन् ।
आईपीएलमा बुमराहले २५ पटक तीन वा त्योभन्दा बढी विकेट लिएका छन् । यो सूचिमा दोस्रो स्थानमा युजवेन्द्र चहल छन् । चहलले २२ पटक तीन वा त्योभन्दा बढी विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण