आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई हराएको छ । जितका लागि २ सय ३६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको लखनउले शीर्ष स्थानको गुजरातलाई ३३ रनले हराएको हो ।
मिचेल मार्सको शानदार शतक मद्दतले लखनउले गुजरात सामु जितका लागि २ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अहमदादबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।
जवाफी व्याटिङ गरेको गुजरात ९ विकेट गुमाएर २०२ रन मै समेटियो । उसका लागि एम शाहरुख खानले ५७ रन बनाए भने शेरफेन रदरफोर्डले ३८ रन जोडे । कप्तान शुभमन गिलले ३५ रन बनाउँदा विकेट किपर जोस बट्लरले ३३ रनको योगदान दिए । ओपनर साई सुदर्शन २१ रनमा आउट भए । बलिङतर्फ लखनउका विल ओ राउर्के एक्लैले ३ विकेट लिए भने आवेश खानले २ विकेट लिए ।
हार व्यहोरे पनि गुजरात १८ अंकसहित शीर्ष स्थानमा छ । यो खेलमा लखनउका मार्सले ६४ बलको सामना गर्दै सर्वाधिक ११७ रन बनाएका थिए । उनले १० चौका र ८ छक्का प्रहार गरे । मार्ससँग मिलेर एडेन माक्र्रमले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरे । माक्र्रमले २४ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतले ३६ रन बनाए ।
निकोलस पूरनले ५६ रनको महत्त्वपूर्ण योगदान दिए । उनी र मार्सले मात्र ५२ बलमा १२१ रन जोडे । अन्त्यतिर कप्तान ऋषभ पन्तले तीव्र गतिमा रन बनाउँदै १६ रन जोडे । गुजरातका लागि साई किशोर र अर्सद खानले १-१ विकेट लिए ।
जारी सिजनमा गुजरात प्ले-अफ चरणमा पुगिसकेको छ भने लखनउ यसअघि नै उपाधि होडबाट बाहिएको छ । गुजरातले १३ खेलबाट १८ अङ्क बटुलेको छ । लखनउले मिश्रित प्रदर्शन गरेको छ । लखनउले १३ खेलबाट १२ अङ्क जोडेको छ । गुजरातविरुद्ध जित निकालेसँगै उ अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक, महिलाको सहभागिता उल्लेख्य
-
आईपीएल : शीर्ष स्थानको गुजरातलाई हरायो लखनउले
-
१२ बजे, १२ समाचार : रवि र छविबारेको सुनुवाई हेर्दाहेर्दैमा देखि भिजिट भिसा प्रकरणले गृहमा हलचलसम्म
-
झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद
-
तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता
-
खोलाले बगाउँदा महिलाको मृत्यु