'सन अफ सरदार' र 'आर राजकुमार'का अभिनेता मुकुल देव रहेनन्

मुम्बई । भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ। गएराति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। उनको निधनको कारण खुलेको छैन।
मुकुल देवले 'दस्तक' (१९९६) मार्फत बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म अभिनेत्री सुष्मिता सेनको पनि डेब्यु थियो। उनले 'सन अफ सरदार', 'आर… राजकुमार', 'जय हो', 'हिम्मतवाला', 'इत्तेफाक' जस्ता चर्चित फिल्महरूमा अभिनय गरेका थिए।
सिनेमासँगै टेलिभिजन तथा वेब सिरिजमा पनि उनको सशक्त उपस्थिति रह्यो। 'फियर फ्याक्टर इन्डिया', '२१ सरफरोश – सरागढी १८९७' र 'स्टेट अफ सिज: २६/११' जस्ता कार्यक्रमहरूमा उनले आफ्नो अभिनय कला प्रस्तुत गरेका थिए। उनले हिन्दी मात्र होइन, पञ्जाबी, बंगाली र तेलुगु फिल्महरूमा पनि काम गरेका थिए।
मुकुल देव, अभिनेता राहुल देवका भाइ हुन्। सामाजिक सञ्जालमा थुप्रै कलाकारहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
अभिनेता मनोज बाजपेयीले एक्समा लेखेका छन्, 'शब्दमा व्यक्त गर्न सक्दिनँ। उनको कलाप्रति लगाव अतुलनीय थियो।'
अभिनेता सोनु सूदले लेखेका छन्, “मुकुल भाइ तपाईं एक अनमोल व्यक्तित्व हुनुहुन्थ्यो। सधैँ सम्झिरहनेछु।' नील नितिन मुकेशले पनि आफ्नो दुःख व्यक्त गर्दै राहुल देवको आत्माको चिरशान्तिको कामना गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखन कर्म : किन, के र कसरी ?
-
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित
-
१० महिनामा ३५ अर्ब ५३ करोडको धान चामल आयात
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक