गेरी नेभिललाई नटिङ्घम फरेस्टको मैदानमा प्रतिबन्ध

समाचार सारांश
- गेरी नेभिललाई नटिङ्घम फरेस्टले सिजनको अन्तिम खेलका लागि स्टेडियम प्रवेशमा रोक लगाएको छ।
- नेभिलले सामाजिक सञ्जालमा फरेस्टका मालिकको आलोचना गरेका थिए, जसका कारण प्रतिबन्ध लागेको बताइएको छ।
- नेभिल स्काइ स्पोर्ट्सका लागि कमेन्टेटरको रूपमा काम गर्थे र उनलाई कभरजबाट अलग हुनुपर्यो।
लण्डन । स्काइ स्पोर्ट्सका फुटबल पण्डित गेरी नेभिलले आफूलाई नटिङ्घम फरेस्टले सिजनको अन्तिम प्रिमियर लिग खेलका लागि सिटी ग्राउन्डमा प्रवेश गर्न प्रतिबन्ध लगाएको जानकारी दिएका छन् ।
पूर्व म्यानचेस्टर युनाइटेड र इङ्ग्ल्याण्डका डिफेन्डर नेभिलले आफ्नो इन्स्टाग्राममा लेख्दै भनेका छन्, ‘फरेस्टले मलाई को–कमेन्टेटरको रूपमा स्टेडियममा प्रवेश गर्ने अनुमति वा मान्यता दिने छैन भनेर मलाई स्काइ स्पोर्ट्समार्फत जानकारी दिइयो । मसँग अन्य विकल्प नै नभएपछि म बाध्य भएर कभरजबाट अलग हुनु परेको हो।’
नेभिलले यसअघि एक्समा नटिङ्घम फरेस्टका मालिक एभान्जेलोस म्यारिनाकिसको आलोचना गरेका थिए। म्यारिनाकिसले यसै महिनाको सुरुवातमा लेस्टर सिटीविरुद्धको २–२ को बराबरीपछि मैदानमा आएर प्रशिक्षक नुनो एस्पिरिटो सान्तोसँग जोडदार विवाद गरेका थिए।
त्यस दिन नेभिलले एक्समा लेखेका थिए, ‘फरेस्टका मालिकको यो निकै स्क्यान्डल हो। नुनोले आजै राति उहाँसँग मिलेर आफ्नो बिदाइको कुरा गर्नु पर्छ ! फरेस्टका समर्थक, खेलाडी र प्रशिक्षकले यस्तो व्यवहारको सामना गर्नु ठिक होइन।’ -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी अपचलनमा संलग्नलाई छुट दिइँदैन : मुख्यमन्त्री कार्की
-
देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भयो : उपप्रधानमन्त्री सिंह
-
नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट ल्याउन महराको सुझाव
-
नहरमा डुबेर दिल्लीमा चार किशोरको मृत्यु, दाजुभाइको शव दोस्रो दिन फेला
-
यो वर्ष वास्तविक धरातलमा आधारित बजेट निर्माण गरिन्छ : मुख्यमन्त्री आचार्य
-
अमेरिकाको सान डिएगो विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृत्यु